लुम्बिनी प्रेस क्लबमा नयाँ नेतृत्व , अध्यक्षमा दिपेश !

२९ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
4 Shares


बुटवल- लुम्बिनी प्रेस क्लबको हिजो (शनिबार) सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा दिपेश पछाई, उपाध्यक्षमा नरेश केसी, महासचिवमा सम्झना शर्मा, सचिवमा माधव न्यौपाने, कोषाध्यक्षमा दिपक घिमिरे र कार्यसमिति सदस्यमा शंकर पाण्डे, सलमान खान, प्रकाश न्यौपाने, पशुपति यादव, विवेक विश्वकर्मा, रविन्द्र गुप्ता क्लबको अधिवेशनबाट चयन भएका छन् ।

यस्तै अधिवेशनले विभिन्न समितिका संयोजक तथा सदस्य समेत निर्विरोध निर्वाचित गरेको छ । जसअन्तर्गत अनुशासन समितिको संयोजकमा दिपेन्द्र बडुवाल, लेखा समिति संयोजकमा राधेश्याम विश्वकर्मा, तालिम समितिमा पुनहरि बेलवासे चयन भएका छन् ।

निर्वाचन समिति प्रमुख कुलमणि ज्ञवालिका अनुसार यस्तै अनुशासित समितिको सदस्यमा विन्दु कुमार चौहान र उषा सिंह, लेखा समिति सदस्यमा शम्भु पन्त, विष्णु भट्टराई र तालिम समिति सदस्यमा शशि पन्थी, राज कुमार धवल चयन भएका छन् । यसअघि अधिवेशन तथा साधारण सभा उद्घाटन कार्यक्रमका बक्ताहरुले स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर मिडियाले उठान गर्नुपर्नेमा जोड दिएका थिए ।

गाउ-टोलका विषयवस्तुलाई स्थानीय मिडियाले प्राथमिकता दिनुपर्ने सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारिले बताए ।अधिकारीले लुम्बिनी प्रेस क्लबको कोष वृद्धि अपरिहार्य रहेको बताउँदै त्यसको लागि आफ्नो तर्फबाट सधै सहयोग रहने प्रतिवद्धता जनाए । स्थानीय मिडियाले स्थानीय विषयलाई महत्व दिनुपर्ने अग्रज पत्रकार नारायण सापकोटाले बताए । क्लबका सल्लहकार चेतन पन्त, निर्वाचन प्रमुख कुलमणी ज्ञवाली, शिक्षाविद् विएन शर्मा, नेपाल पत्रकार महासंघका सह-सचिव कमल रायमाझि, सुन्दर बासि लगायतले शुभकामना मन्तव्य दिदैं समृद्धि र शान्तिको लागि पत्रकारको भुमिका सकारात्मक हुनुपर्ने बताए।

सो अवसरमा क्लबले प्रकाशन गरेको लुम्बिनी प्रेस बुलेटिनको विमोचन समेत गरिएको थियो । क्लबका अध्यक्ष माधव ढुंगानाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया