दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको नया कदम

प्रकाशित मिति:

सुरेश परियार/ सैनामैना सवारी दुर्घटना न्यूनिकरण गर्न नेपाल ट्राफिक प्रहरीले देशै भरि नया कदम चालेको छ । सवारी चालकको बढि लापरबाहिले पछिल्लो समय धेरै मात्रामा सवारी दुर्घटना भइरहेको भन्दै प्रहरीले छोटा एवं लामो दुरीका यात्रु तथा मालबहाक सवारी साधन र चालकहरुमाथि कडा निगरानी गरेको हो ।प्रहरीले सवारी साधनको कंडिसन र सवारी चालकको स्वास्थ्य परिक्षण नै गर्ने नौलो कदमको थालनी गरेको हो ।पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले आज रुपन्देहीको सैनामैनामा पर्ने पुर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनलाई रोकि सवारी साधनको कंडिसन र चालकको स्वास्थ्य परिक्षण गरेको छ ।प्रहरीले आज ३० सवारी साधन र चालकको चेकजांच एवं स्वास्थ्य परिक्षण गरेको छ ।

जसमा ३० मध्ये २८ चालक योग्य रहेको र बाकी २ चालक अयोग्य र ३ सवारी साधनको कडिंसन युक्त नभएकोे प्रहरीले जनाएको छ ।धेरै जसो चालकहरुमा प्रेसर,सुगर र मापसे गरेको समस्या देखीएको पाइएको छ भने केही सवारी साधन कंडिसन युक्त नभएको भेटिएको प्रहरीको प्रारम्भीक चेकजाँचले देखाएको छ ।

यान्त्रीक त्रुटि र मानवीय कारणले दिनप्रति दिन सवारी दुर्घटना हुन नदिन यो अभ्यास अंगालिएको जिल्ला ट्राफिक कार्यालय भैरहवाका प्रहरी निरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए । सवारी दुर्घटना न्यूनिकरण,सवारी आगवानमा सहजता ल्याउन यो कदमले विशेष टेवा पुर्योउने निरिक्षक पौडेलको दावि रहेको छ ।