नेपाल गणित समाज नेपालको सातौ राष्ट्रिय सम्मेलन बुटवलमा

२९ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
3 Shares


बुटवल / नेपाल गणित समाज नेपालको सातौ राष्ट्रिय सम्मेलन बुटवलमा शुरु भएको छ । पौष २८ गते देखि शुरु भै माघ १ गतेसम्म चल्ने सो सम्मेलनका लागि भारत तथा नेपालका गरि २५० बढि प्राध्यापक तथा गणित विषयका प्रोफेशर हरुको सहभागिता रहने स्थानिय आयोजकका तर्फ बाट संयोजक गोपाल आचार्यले बताए । पछिल्लो समय एउटा रिपोर्टका आधारमा शैक्षिक बिषयबाट गणितलाइ हटाउन खोजेकोप्रति आपत्ति जनाउदै गणित बिना कुनै बिज्ञान तथा दर्शनको औचित्य नभएको सो सम्मेलनमा सहभागीहरुले जोड दिएका छन् ।

नेपाल गणित समाजका केन्द्रिय अध्यक्ष डा चेतराज भट्ट , काठमाण्डौ युनिभर्सि्टिका डा कन्हैया झा , स्कुल अफ म्याथ म्याटिक्सका डा प्रकाश मान बज्राचार्य , जिबन काफ्ले , लगायतले बोल्दै बिज्ञान र प्रविधिको आधार गणित भएकाले यसबाट देशको समृद्दी सम्भव रहेकोमा जोड दिएका छन् । भावी पिढीलाई कमजोर बनाउने देशलाई समृद्दीतर्फ अघि बढाउने भन्ने कुरामा सरकार गम्भीर हुनुपर्ने सो सम्मेलनमा बक्ताहरुले बताएका छन् । बुटवल बहुमुखी क्याम्पसमा ४ दिनसम्म चल्ने सो सम्मेलनको अनुमानित लगानी २० लाख रहेको आर्थिक संयोजक पिताम्बर तिवारीले बताए । ७ सय प्रोफेशर तथा प्राध्यापक हरु सदस्य रहेको नेपाल गणित समाज नेपालको बुटवलमा आयोजित सम्मेलनमा गणित विषयका बारेमा १०७ कार्यपत्र प्रस्तुतगर्ने स्थानिय आयोजकका तर्फबाट प्रचारप्रसार संयोजक तुलसी प्रसाद सापकोटाले बताए ।

सम्मेलनको बिहान प्रदेश न ५ का सामाजी बिकाश मन्त्रि सुदर्शन बरालले उद्घाटन गरेका छन

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन