दिदीबहिनीको साधारणसभा सम्पन्न

२९ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
4 Shares


रुपन्देही/ दिदीबहिनी बचत तथा ऋण लगानी समूह तिलोत्तमा ९ नन्दन बन रुपन्देहीको चौथो साधारण सभा सम्पन्न भएको छ । समुहकी अध्यक्ष कमला भण्डारी को अध्यक्षता तथा समाजसेबी इन्जिनियर देवी प्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले स्थापनाकालको छोटोसमयमै गरेको प्रगति विवरण पेश गरेको छ । बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै समुहकी अध्यक्षले १०० जना घरायसी महिला मिलेर खोलेको सस्थाले स्थापनाकै छोटो समयमा गरेको प्रगतिमा सहभागी सबैलाई धन्यबाद ज्ञापन गरेकी थिईन ।

करिब ७ लाख बराबरको आयव्यय सार्बजनिक गरिएको सो साधारण सभामा काशिनाथ पाण्डे , राम प्रसाद बस्याल , इन्जिनियर सन्जिब भण्डारी , बिनोद गैरे लगायतले बोल्दै घरयासी कामकाज संगै समाज सेवामा पनि अग्रसर बनेको समुहले बचत र सहयोग अनि लगानी गर्ने बाताबरण दिलाएओ प्रति खुसि ब्यक्त गरेका थिए । मासिक २०० रुपैया जम्मा गरेर समूह चलाएका सो सस्थामा स्थानिय महिलाले ऋण लिएर लगानी गर्ने समेत समुहकी सचिव मोति भट्टराईले बताइन । साधारण सभाको अवसरमा जेष्ठ सदस्य महिला लक्ष्मी अधिकारीलाइ सम्मान गरिएको थियो । सानो सानो बचतलाई ठुलो लगानीको बाताबरण गराउदै लगिने लक्ष्य राखेको सो समुहको साधारणसभाको संचालन सचिब मोति भट्टराईले गरेकी थिईन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुटवलमा फागनु २१ देखि प्रथम प्रादेशिक घरेलु महोत्सव
  • मिडिया र मिडियाकर्मीमा रुपान्तरण जरुरी
  • कसरी आनन्दसँग यौन सम्पर्क गर्ने ?
  • प्रधानमन्त्रीलाई गगनको प्रश्न– आँखा नचिम्ल्याई प्रश्नको जवाफ दिने हिम्मत किन…
  • माथागढिमा कांग्रेसको अन्तर्कृया , ‘गाउँ जाउ गाउँमै रमाऔँ ,एक ब्यक्ती…
  • जुनियर युवा रेडक्रसको ४०औं राष्ट्रिय गोष्ठी सम्पन
  • कांग्रेसद्वारा फागुन १५ गते चितवन बन्द (बिज्ञप्ती)
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने