पोर्चुगलमा चाइनिज पसलमा छापा मानब तस्करीका प्रमाण फेला

प्रकाशित मिति:

पोर्चुगल/ जी एन आर प्रहरीले चाइनिज पसलमा छापा मार्दा मानब तस्करीका प्रमाण फेला पारेको छ।जी एन आर   ले सेक्सालको एक चाइनिज पसलमा छापा मारेको हो। छापा मार्दा पसल पछाडी रहेको एउटा गोदाममा १७ जना नेपाली , ४ चाइनिज र १ रोमानियन , १ ब्राजिलियन, १ पोर्तुगिज सहित २ कुकुर हरु बस्ने गरेको फेला पारेको छ।GNR ले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ।  कर अधिकृतको सहयोगमा गरेको सर्च अप्रेसन शुक्रवार बेलुका पाइयो पाइरेसमा अवस्थित चाइनिज पसलमा गरेको थियो। मानब तस्करीको सुचना पाएपछि न्ल्च् ले गरेको अप्रेसनमा फेला परेकाहरु पोर्तुगलमा अबैध बसोबास गरिरहेको र बासस्थान अतिनै अस्वस्थ र आवासको लागि उपयुक्त नभएको साथै मानब तस्करीको कठोर प्रमाणहरु फेला परेको बताएको छ।

सर्च अप्रेसनका क्रममा फेला परेका नेपालीहरुमा ३ जनालाई देश छोड्न आदेश दिईएको र १४ जनालाई सामाजिक सुरक्षा ९  ले उद्दार गरी लिस्बनमा स्थानान्तरण गरेको छ। चाइनिज पसलका मालिकमाथि श्रम शोषणको ३६ वटा मुद्धाहरु लगाईएको छ भने २ वटा कुकुरमाथि पनि अमानविय व्यवहार गरेको मुद्धा समेत लागेको छ।ले सम्पुर्ण मुद्धाहरु सेक्साल अदालतमा बुझाएको छ भने मानब तस्करीको मुद्धाको अन्तिम निर्णय अदालतले गर्नेछ।