नेपाली कांग्रेस सैनामैना नगर समितिको बृहत छलफल तथा तयारी बैठक सम्पन्न ।

प्रकाशित मिति:

नरेश चौधरी मुर्गिया
नेपाली कांग्रेसको माघ ०३ गते बुटवलमा हुने आम सभा तथा र्याली ब्यवास्थपनका लागि आज सैनामैना नगर समितिले बृहत छलफल तथा तयारी बैठक सम्पन्न गरेको छ ।
सम्पन्न बैठकमा नेपाली कांग्रेस जिल्ला उपासभाति फणेन्द्रा प्रसाद शर्माले नेपाली र नेपालको स्वाभिमानका लागि, लुटतन्त्र, भ्रस्टचार, बलत्कार, हात्य हिंसा, जघन्य अपाराध, अनावस्यक करको विरोध तथा सरकारलाई दाबब दिनका लागि , ५ नम्बर प्रदेशको राजधानी रुपन्देही मै कायम गर्न जनताहरु एक पटक फेरि शान्ति पुर्ण प्रदर्शनमा उठ्नु पर्ने बेला भएको बताउनुु भएको छ ।

देशमा दण्डहिनता बढ्दा अब नेपाली कांग्रेस चुप लगेर बस्न नहुने भन्दै वाइड वाडि विमान भ्रस्टचार, ३३ किलो सुन कण्ड , निर्माला पन्तको बलात्कारी हत्यारा पत्ता लगाउन नसक्नु सरकारको कम्जोरि भएको भन्दै हुकुमी शासन अन्त्य गर्न दण्डहिनता अन्त्य गर्न, प्रदेश नम्बर ५को राजधानि रुपन्देही मै कयम गर्न तथा नामाकरण गर्न बुटलमा हुने र्यालीमा सहभागिता जनाउन सम्पुर्ण नेपालीहरुलाई आग्रह गर्नु भयो ।नेपाली कांग्रेस सैनामैनाका नगर सभापाति तथा युवा नेता राम प्रसाद अधिकारीले सरकार हरेक कृयाक्लपमा दुई तिहाईको दम्भ देखाएकै करण देश अहिले रित्तिने अवास्थामा आएको बताउनु भयो । ठुलालाई चैन र सानालाई एैन नेकापको सरकारले ल्याएकोले अहिले नेपाली कांग्रेस मात्र नभई स्वंम् नेकपाका कार्यकर्ताहरु पनि निरास भएको र आफ्नै पार्टिका कार्यकर्ताको चित्त बुझाउन नसक्ने पार्टिले देशको चित्त बुझाउन नसक्ने नेपाली कंग्रेस क्षेत्र नं। २ का सभापति हरि लम्सालले बताउनु भयो ।

भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनि भएकोले, अन्तरराष्ट्रिय विमानस्थाल तथा सम्पुणर् जिल्ला संग पायक पर्ने स्थान रुपन्देही भएकोले प्रदेशको राजधानी बनाउदा सुगमता, जनसंख्या, भौगोलिक हिसाबमा बनाउनु पर्ने र नेपाली कांग्रेसको सरकारले प्रदेश नम्बर ५ को राजधानी सोहि अनुसार बनाएको र अहिलेको दुई तिहाईको नेकपाको सरकारले राजधानी सार्नका लागि चलखेल गरेकोले यसको खबरदारीका लागि पनि जनताहरु र्यालीमा सहभागि हुनुपर्ने युवानेता विष्णु पोख्र्रेलले बताउनु भयो । गरिब तथा गरेर खानेको पक्षमा बोल्ने पार्टि नेपाली कांगे्रस थियो र रहने छ भन्दै विपिको विचार लाई सम्मानका साथ आफुहरुले पालन गर्ने उहांको भनाई थियो ।

कार्यक्रममा जिल्ला सदस्यहरु तारा बेल्बासे, गोविन्द लम्साल, नेपाल शिक्षाक संघ प्रदेश नम्बर ५ का महासचिव लाल प्रसाद पंगेनी, क्षेत्र नं। २ की सहसचिव लक्ष्मि जोशी, धन बहादुर कार्की, सैनामैना नगरउपासभापति गुरु पराजुली, वडा नं। ६का सभापति हरि प्रसाद घिमिरे सैनामैना नगर सचिब टेक बहादुर रेस्मी लगाएतले आफुहरु समाजका लागि काम गर्ने र राष्ट्रहितका लागि नेपाली कांग्रेस लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा १५० जना भन्दा बाढि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभगिता रहेको थियो ।