वाइडबडीमा मेरो संलग्नता छैन:देउवा

प्रकाशित मिति:

धनगढी- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार अहिले आफ्ना सरकारका मन्त्रीहरुलाई बचाउन र वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारलाई लुकाउन सरकार लागि परेको बताएका छन् ।म प्रधानमन्त्री रहेका बेला १९ वटा मन्त्रालयको जिम्मेवारी रहेकाले मेरो पालमा विमान खरिद गर्ने निणर्य नगरेको बताए ।   नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्न नरहेको  पनि सभापति देउवाले बताएका छन् । सभापतिले भने आफ्नो गल्ती ढाक्न बर्तमान सरकार बिभिन्न प्रपन्चमा लागेको बताए ।

आईतबार नेपाल पत्रकार महासंघ कैलाली शाखाले धनगढी बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रक्रियाका सबै महत्वपुर्ण निर्णय तत्कालिन केपी ओली सरकारकै पालामा भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराउँदछु ।

 पूर्व प्रधानमन्त्री देउवाले खल्तीबाट कागज निकाली वाइडबडी बिमान प्रकरणका सम्पुर्ण निति र निर्णय मिति सहित पत्रकारलाई सुनाएका थिए । देउवाले भने–‘२०७२ साल असोज २१ गते वाइडबडी खरिद  गर्ने निर्णय भएको थियो त्यतीवेला प्रधानमन्त्री केपी ओली थिए, त्यस्तै २०७३ बैशाख २ गते केपी ओलीकै पालामा खरिदको वोलपत्र गरिएको थियो ।’

२०७२ साल असोज ३ गते प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारको संचालक समतिको बैठकले वाइबडी खरिद गर्नका लागी  सरकारले जमानी बस्ने बाहेक अन्य विषयमा कुनै पनि निणर्य नभएको र अहिलेको सरकार भ्रष्टाचारको भुमरीमा फसेकोले आफ्ना गल्ती लुकाउन जनतालाई भ्रममा पारिरहेको बताए ।

पूर्व प्रधानमन्त्री देउवाले थपे–‘मेरो पालामा वाईडबडी विमानबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो यो सब अहिलेको सरकारको जनतालाई भ्रम पार्ने खेल हो ।’ सभापति देउवाले नेपाली कांग्रेस एक ढिक्का भई अघि बढेको बताउँदै आगामी दिनमा पनि एक ढिक्का भई शसक्त तरिकाले अघि बढने बताए ।

@हाम्राकुरा