कोकमा रक्सी मिसाएर सामूहिक बलात्कार, एक युवक पक्राउ

२९ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


 काठमाडौं – कोकको बोतलमा रक्सी मिसाएर सामूहिक बलातकार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादर लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् । फरार हुनेमा स्थानीय २४ वर्षीय राजेश राजवंशी छन् ।

झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार उनीहरुले २२ पुसमा राति ८ बजे १५ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि अनुसन्धानका क्रममा लिम्बु पक्राउ परेका हुन् ।

अनुसन्धान अधिकारीहरुका अनुसार उनीहरु भद्रपुर–४, भगवती टोलमा हेको चिया बगान छेऊमा रहेको खाली चौरमा किशोरीमाथि बलात्कार गरेका थिए । जाहेरीमा भनिएको छ, ‘सामान्य चिनजान भएका दुई जना किशोरी त्यहाँ थिए । उनीहरुले रक्सी मिसिएको कोक खान दिएर बलात्कार गरे ।’

त्यसबीच अर्की एक किशोरी भने भाग्न सफल भएको जनाइएको छ । उनैले बलात्कार भएको सूचना परिवारलाई दिएकी थिइन् । फरार रहेका राजवंशीको पनि खोजी भइरहेको छ भने पक्राउ परेका लिम्बुमाथि करणी मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न