पशुपतिनाथमा ‘कलि’को मूर्ती पुरै निस्किएपछि संसार ध्वस्त हुन्छ भन्ने किम्मदन्ती किन छ ? हेर्नुहोस् !

प्रकाशित मिति:

हिन्दूकाशास्त्रमा उल्लेख भएअनुसा ब्रम्हाण्डमा चार ओटा युग हुन्छ । पहिलो सत्य युग दोस्रो द्वापर युग तेस्रो त्रेता युग र चौथो कलि युग । हिन्दुलाई मान्ने हो भने अहिलको सयम कलियुग अन्तर्गतको कालखण्ड हो । जसलाई शास्त्रले अन्तिम युग भनेको छ । तर, विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक उल्लेख छन् । चार युग मध्येको पहिलो युग सत्य युग हो ।

मूर्ती धर्मशास्त्रहरुमा कलियुगपछि पुनः सत्य युगको शुरुवात हुने उल्लेख छ । कलि युगको अन्त्यसँगै संसार ध्वस्त हुने र नयाँ संसार श्रृजना हुने विश्वास गरिन्छ । कलि युग ४ लाख ३२ हजार वर्षको हुने उल्लेख गरिएको छ । तर, यो युगको समय पनि शास्त्र अनुसार फरक छन् । १२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ ।कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ।कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ ।

हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा कलिको मुर्ति रहेको बताइन्छ । पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्ती’ का रुपमा मानिएको छ । विरुपाक्ष भगवानलाई शिवको मानवस्वरुप मानिन्छ ।पशुपति जाने जो कोही पनि एक पटक विरुपाक्षको मुर्ति हेर्न पुग्छन् र कलि बाहिर निस्किरहेको बताउँछन् । श्रुतिहरुका अनुसार यो मुर्ती जमिनको सतहबाट विस्तारै माथि सर्दै आइरहेको छ ।

जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ ।कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिएको छ । पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्नेछन् । विभिन्न धार्मिक ग्रन्थ र एजेन्सीको सहयोगमा