आज पौष मसान्त

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल पौष महिनाको ३० गते सोमबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष शुक्लपक्षको अष्टमी तिथि बेलुका ७.३९ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रेवती नक्षत्र विहान ८.५२ बजेसम्म रहनेछन् । आज सिद्धि योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६.५८ मा भएको छ भने सूर्यास्त बेलुका ५.२८ बजे हुनेछ ।

चन्द्रमा आज बिहान ८.५२ बजेसम्म मीन राशिमा छन् । सो पश्चात् मेष राशिमा जानेछन् । यसैगरी आज अष्टमीव्रत परेको छ । दुर्गा भगवतीको उपासना आज शुभ रहनेछ ।