विरोध सभाका लागि तयारी शुरु

३० पुष २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
266 Shares


नेपाली कांग्रेसले वुटवलमा गर्न लागेको जनप्रर्दशनलाई बृहत् बनाउनको लागि बिभिन्न स्थानीय तहमा तयारी सुरु गरेको छ । रुपन्देहीलाई स्थायी राजधानी तोक्न माग गर्दै कांग्रेस रुपन्देहीले माघ ३ गते बुटवलमा बृहत प्रदर्शन तथा सभा गर्ने निणर्य गरेपछी कांग्रेसका बिभिन्न स्थानीय तहले त्यसको तयारी सुरु गरेका हुन । कांग्रेसको सैनामैना नगरसमितिले  पार्टीका वार्ड सभापति, भातृ संगठनका प्रमुख तथा शुभेच्छुकहरुसंग छलफल गरेको छ । सैनामैना २ कालिका चोकमा बसेको बैठकले करिब ५ हजार जनता सैनामैनाबाट बुटवलमा ल्यैजाने निर्णय गरिएको नेपाली कांग्रेस सैनामैना नगर समितिका सभापति रामप्रसाद अधिकारीले जानकारी दिनु भयो । नेपाली कांग्रेस जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्माले प्रदेश ५ को स्थायी राजधानी रुपन्देहीलाई तोक्न माग गर्न सबै जनता एक जुट जिल्लाहुनु पर्ने बताउँनु भएको छ ।
कर्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लाम्सल, नेपाली कांग्रेसका युवा नेता विष्णु पोख्रेल , नेपाली कांग्रेस  सदस्य गोविन्द लाम्स्ल, तारा बेल्बासे, क्षेत्र नं. २ का कोषाध्यक्ष राज बहादुर क्षेत्री, सहसचिव लक्ष्मी जोसी, नोपाल शिक्षक संघ प्रदेश नं. ५ का महासचिव लाल प्रसाद पंगेनी, तरुण दल रुपन्देही जिल्ला सदस्य सिता के.सी, नेपाली कांग्रेस सैनामैना ४ का वडा सभापति तथा वडा नं ४ वडा अध्यक्ष धन बहादुर कार्की, महिला नेत्री लक्ष्मी चौधरी, सिता पोख्रेल लागयातले बोल्दै प्रदेश ५ सबैलाई पायक पर्ने ठाउ भएकोले स्थायी राजधानीका लागि रुपन्देहीको बिकल्प नभएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया