सरकारको आयोजनामा ‘नेपालमा बैदेशिक लगानी’ सेमिनार जापानको टोकियोमा हुने

प्रकाशित मिति:

टोकियो । नेपाल सरकारको आयोजनामा ‘नेपालमा बैदेशिक लगानी’ सेमिनार जापानको टोकियोमा हुने भएको छ ।नेपाली राजदुतावास टोकियो प्रमुख आयोजना , गैर आवासीय नेपाली संघ एनआरएनए जापान तथा नेपाली ब्यवसायी संघ एनबिए जापानको सहआयोजनामा आगामी फेब्रुअरी ५ तारिक टोकियोमा कार्यक्रम हुने एनबिएका महासचिव पुष्कर जंग थापाले जानकारी दिनुभयो ।जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले बैदेशिक लगानीका विषयमा जानकारी गराउनुहुने छ, साथै नेपालमा बैदेशिक लगानीका सम्भावनाका विषयमा विशेषज्ञहरुले सहजीकरण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

उक्त सेमिनारमा जापानका ठूला कम्पनी हरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्नुका साथै नेपालमा लगानी गर्न ईच्छुक एवं सुरक्षित र प्रभावकारी ब्यवसायिक वातावरणको खोजीमा रहेका नेपाली तथा जापानी लगानीकर्तासंग छलफल गरिने छ ।
कार्यक्रममा एनआरएनए आईसीसी तथा जापानका प्रतिनिधी, नेपाली तथा जापानी ब्यवसायी तथा संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहने आयोजकले जनाएका छन् ।