१८ बर्ष सेवा गरेका शिक्षकलाई निकाल्यो काठमाडौंको शिद्धि गणेश स्कुलले

प्रकाशित मिति:

काठमाडौं / राजधानी कै सरकारी विद्यालयले पढाउने शिक्षक शिक्षिकाको तलब भत्ता दिँदैन बरु विभिन्न बहानामा लामो सेवा गरिरहेका शिक्षकहरुलाई हटाउँछ भन्दा धेरैलाई पत्यार नलाग्ला । तर काठमाडौंको सोह्र खुट्टेस्थित शिद्धिगणेश माविले दुई जना शिक्षक र एक जना शिक्षिकाको जागिर खोसिदिएको छ । र उनीहरुले सेवा गरेको अबधीको ज्याला समेत दिएको छैन । विगत १८ बर्षदेखि प्रावि दरवन्दीमा रहेर काम गरिरहेकी दीपा धिताल कँडेल शिक्षक हाजिरी पुस्तिकामा हाजिर गर्न जाँदा उनको हाजिर गर्ने पानामा स्टिच गरिएको थियो । उनले यसको कारण थाहा पाइनन । केही समय अर्को पानामा हाजिर गर्ने होला भन्ने ठानेर नियमित पढाइरहिन । फेरि केही दिन पछि उनलाई अवकाशको चिठी पो आयो । अनि उनी झल्याँस्स भइन कि आफ्नो जागिर त गएछ १ नीजी श्रोतमा तलव खाँदै आएकी शिक्षिका दीपाको संचय कोष २०५८ साल देखि नै कट्टी गरिएको थियो ।

उनलाई हटाउँदा विद्यालयले आर्थिक कारण दियो तर उनलाई हटाएपछि पनि नयाँ अरु २ जना शिक्षक नियुक्ति गरेको भनाइ उनको । अनि उनले अन्यायमा परेको महसुस गरिन र हार गुहार गर्दे शिक्षा कार्यालय देखि न्यायलयसम्म पुगिन् । तर उनको गुनासो कसैले सुनेन । शैक्षिक योग्यता र लाइसेन्स हुँदाहुँदै र आफुले पढाएको विषयमा विद्यार्थी सन्तुष्ट हुँदाहुँदै आफ्नो मान्छे राख्ने दाउमा विद्यालय प्रशासनले रोजिरोटी खोसेपछि उनी चिन्तित पनि भइन । तत्कालिन प्रधानाध्यापक भुवनेश्वर सिंहले राजनीतिक दवावका कारण मनोमानी निर्णय गरेको भन्दै जिल्ला शिक्षा कार्यालयमा गरेको गुनासो समेत सुनुवाइ भएन । कसैलाई हटाउने वा राख्ने कुराको निर्णय कतै नगरी मनोमानी ढंगले हटाइएको प्रति उनको आपत्ति छ । दीपा भन्छिन – यहाँ न्याय पनि मरिसेकेछ । न्यायको लागि ढोका घच्घच्याउन उच्च अदालत पुगेकी दिपाको गुनासो त्यहाँ पनि सनुवाइ भएन । अदालतले अन्याय गरेको भन्दै दीपाले थपिन – न्याय खोइ

विद्यालयको स्थायी निुयक्ति पत्र
विद्यालय प्रशासनले आम्दानीको श्रोत घटेकोले हटाइएको जवाफ दिएपनि आम्दानी कतिबाट कतिमा झर्‍यो भन्ने हिसाव किताव केही सार्वजनिक नगरेको उनको भनाइ छ । हटाउन भन्दा पहिला कमसेकम हटाउनुको कारण बारे मलाई जानकारी हुनुपर्थ्यो । सामान्य सोधपुछ र जानकारी पनि नदिइ हटाउनु प्राकृतिक न्यायको सिन्दान्त विपरित भएको उनको ठम्याइ छ । यतिमात्र होइन उनीजस्तै नीजी श्रोतमा काम गर्ने अरु शिक्षक शिक्षिका पनि छन सिद्दि गणेशमा । तर आफुलाई नै हटाउनुमा चाहिँ कतै प्रधानाध्यापक सिंह आर्थक प्रलोभनमा परेकि भन्ने आशंका छ उनीमा । व्यवस्थापन समितिको अध्यक्ष समेत मौन हुनुले उनको आशंकालाई सत्यतातर्फ लगिरहेको । अस्थायी र करारका शिक्षक शिक्षिकाको हक अधिकारको बारेमा वकालत गर्न भने बनेका शिक्षक संघ संगठन पनि कसैको दास भएको अनुभूति गरेकी छिन उनले । कसैले नि विषय बस्तु उठाउन नसक्नुको पछाडि के कारण छ रु यसको खोजि गर्न उनी थाकेकी छैनन । उनलाई हटाएपछि हतार हतार विद्यालयको विनियम बनाएर पेश गरिएकोले अदालतमा पेश गरेको विनियमावली र विद्यालयमा रहेको विनियमावली फरक रहेको उनको भनाइ छ ।एकातिर नक्कली विनियम बनाउनु अर्कोतिर आर्थिक श्रोत घटेको भन्दै तलब चाँही बृद्धि गर्नुले विद्यालयको अनियमिता स्पष्ट भएको बताउँछिन उनी । उनी हटेपछि उनले पाउने सेवा सुविधा समेत अहिलेसम्म विद्यालयले दिएको छैन । उनको मात्र होइन मुरारी गौतम लगायतका अरु केही शिक्षकहरुले पनि उनले जस्तै सेवा अबधीको सुविधा पाएका छैनन ।मुरारी गौतम(शिद्दि गणेश स्कुलका भूतपूर्व शिक्षक
उनीहरु अहिले विद्यालयमा छैनन । पटक पटक कुरा गर्दा पनि विद्यालयले आफ्नो घर बिदा र विरामी विदा लगायतको पैसा नदिएको उनीहरुको भनाइ छ । विद्यालय प्रशासनले गरेको अन्यायको विरुद्दमा न्यायलयको ढोका घच्घच्याउन दीपाले छाडेकी छैनन । र उनी सर्बोच्चको फैसलाको पर्खाइमा छन ।