कांग्रेस नेता शेर्पाको अन्त्येष्टि

प्रकाशित मिति:

काठमाडौं । नेपाली काँग्रेसका नेता फुनुरु शेर्पाको आइतबार काठमाडौंको जम्बुडाँडामा शेर्पा परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । शेर्पाको पार्थिव शरिरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।श्रद्धाञ्जली अर्पण गर्न ४५ देसका महावाणिज्य दुतका डीन आङछिरिङ शेर्पा, नेपाली काँग्रेसका नेता आङगेलु शेर्पा, प्रकाशसिं कार्की, नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा लगायतको उपस्थिति रहेको थियो ।

खुम्बु पासाङल्हमू गाउँपालिका–२ लुक्ला निवासी एवम् तारा एयरलाइन्स लुक्लाका स्टेशन इन्चार्ज शेर्पाको बैंककमा उपचारको क्रममा यही पुष २५ गते ४७ बर्षको उमेरमा निधन भए होे । उनलाई केही समयदेखि कलेजोमा समस्या देखिएको थियो ।शेर्पा गएको स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार भएका थिए । शेर्पाको मृत्युले नेपाली काँग्रेसलाई ठूलो क्षति पुगेको भन्दै तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले शेर्पा मिलनसार र सहयोगी भएको बताए ।