मर्निङ वाक गर्दागर्दै स्वयम्भुमा एक व्याक्तिको मृत्यु

प्रकाशित मिति:

अनिल सापकोटा,

पुस ३०,काठमाडौं । सोमबार बिहान ट्रयाक सुट लगाएर स्वयम्भु एरियामा मर्निङ वाक गरीरहेका एक व्याक्तिको अकस्मात निधन भएको छ ।

घटनाका प्रत्यक्षदशीका अनुसार अन्दाजी ४५ वर्षीय पुरुष स्वयम्भुको सडक किनारमा हिडिरहदा सडक पेटीमा बसेको र एकछिन पश्चात त्यही पल्टीएर अचेत अवस्थामा रहेका पुरुषलाई केही स्थानिको सहयोगमा प्रहरीलाई खबर गरी अस्पताल पु¥याईएको बताए ।

महानरीय प्रहरी वृत स्वयम्भका प्रहरी निरिक्षक मदन मल्लले घटनाबारे जानकारी दिदै सबल पोष्टलाई भन्नुभयो “स्थानियले खबर गरेपश्चात तुरुन्त हाम्रो टाली त्यहा पुग्यो, अचेत अवस्थामा रहेका पुरुषलाइ तुरुन्त मनमोहन अस्पताल पुरायौँ । डाक्टरहरुले अक्सीजन लगाएर उपचार सुरु गरेपनि उहाँ बाच्न सक्नुभएन । के कारणले मृत्यु भएको अहिलेसम्म पत्ता लागेको छैन् ।”

बिहान ८ः३० मा अस्पतालले मृत घोषित गरेपनि अहिलेसम्म कुनै सनाखत नभएका ती व्याक्तिको शव मनमोहन अस्पतालममा नै राखिएको प्रहरीले जानकारी दिएको छ ।