युएईद्धारा नेपाललाई जितका लागि १ सय ६ रनको लक्ष्य

३० पुष २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
28 Shares


थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा युएईले नेपाललाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले व्याटिङ गर्दै युएईले निर्धारित २० ओभर ६ विकेटको गुमाउँदै १ सय ५ रन वनाएको हो।

राम्रो सुरुवात गरेको युएईले ३५ रन वनाउँदा मात्रै पहिलो विकेटको रुपमा इशा ओजालाई व्यक्तिगत २८ रनमा गुमाएको थियो। त्यसपछि २ रन जोड्दा दोस्रो विकेट लिन सफल भएको नेपाल तेस्रो विकेटको लागि भने ५२ रनसम्म कुर्नुपर्‍यो। त्यस्तै ९१ रनमा चौथो विकेट गुमाएको युएईले पाँचौ विकेट भने ९५ रनमा गुमायो।

फेसबुकबाट तपाईको प्रतिक्रिया