खिचडी पर्व कपिलवस्तु, रुपन्देही, नवलपरासी लगायत जिल्लाका थारु समुदायले धुमधामसंग मनाउदै

प्रकाशित मिति:

माघी अर्थात खिचडी पर्व  पश्चिम नेपालको कपिलवस्तु, रुपन्देही, नवलपरासी लगायत जिल्लाका थारु समुदायले धुमधामसंग मनाउदै छन् । थारु जातीले माघीलाइ नयां बर्षको रुपमा समेत लिने हुंदा आपसमा सुभकामना साटासाट गदैं मनाउने गर्दछन् । थारु जातीले माघीलाइ खिचडी पर्वका रुपमा समेत हरेक वर्ष मनाउने गर्दछन् । यो पर्वमा तरुल, सखरखन्न, घुगी, खिचडी लगायतका परिकार खाँदा बर्षभरी काम गर्दा शरिरमा चिसो लगायतका अन्य रोगको संक्रमण हट्ने विश्वास छ । थारु समुदायले माघी पर्वलाई नयां बर्षको शुरुवातसंगै आजका दिन विगतका कामको समिक्षा आगामी दिनमा गर्ने कामको योजना बनाइने पनि चलन छ । उता थारु कलासंस्कृतिको जर्गेना गर्ने उदेश्यले कपिलवस्तुको बुद्धभुमी नगरपालीकामा २ दिने प्रथम थारुमाघी महोत्सव आयोजना गरिएको छ । महोत्सवमा बोल्दै बुद्धभुमी नगरपालीकाका मेयर केशव कुमार श्रेष्ठले परम्परागत संस्कृतिका रुपमा रहेका धरोहरको संरक्षण पनि उतिकै आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा थारु समुदायका कलाकारले थारु गितसँगै आपनो कलासँस्कृति समेत प्रस्तुत गरेका छन् । यसैविच कपिलवस्तुको शिवराज नगरपालीका, बाणगँगा नगरपालीकामा समेत नगरस्तरिय थारु माघी महोत्सव भएका छन् ।