हो, म पनि राजनितिमा….।

३० पुष २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
32 Shares


अालेख, सागर भुसाल ।

चिया पसल देखि भट्टी सम्म, समान्य मजदुर देखि धांसु बिद्वान सम्म, सरकारी पेसेवर देखि हाइ क्लास बिजनेसम्यान सम्म हाम्रो देश्मासबका-सब अर्थ-राजनिती, बिज्ञान र मानव जगतका सम्बन्धमा आइन्सटाइन, आडम स्मिथ, कार्ल मार्क्स, महात्मा गान्धी, सि.जिन.पिङ भन्दा कम जानकार छैनन। मानौँ उनिहरु नै बिज्ञान, दर्शन, अर्थशास्त्रका प्रणेता हुन। कोहि कसैको बिचार सुन्न चहादैनन, सबका-सब आफ्नो बैचारिक मूल्य मान्यतामा प्रस्ट छन। उनिहरुको साझा निस्कर्ष छ ´नेपालको बिकास नहुनुको मुल कारण राजनिती हो किनकी राजनिती भनेको फोहोरी खेल हो।` उनिहरुको अर्को निस्कर्ष पनि रहन्छ´इमान्दार मानिषहरु राजनितीमा लाग्नु हुन्न।`मानौँ, राजनिती आफैमा फोहोरि खेल हो र यो खेल फोहोरिहरुका निम्ति मात्र सुहाउँछ। माथिको कुरा आफैमा बिरोधाभाष जस्तो लाग्दैन र? एउटा दृष्टान्त जोडिहालौं, केहिदिन अघि मात्र म अफिस बाट फर्केर रिफ्रेसमेन्टको लागि नजिकैको पार्कमा गएको थिएँ। त्यहाँ २-४ युवाहरु नेपालको बर्तमान राजनितिक अवस्थाका बारेमा आपसमा विमर्श गर्दै थिए, म नजिकैको बेन्चमा बसेको थिएँ। यत्तिकैमा एकले भन्यो´बाबुराम जस्तो बिद्वान नेपाली राजनितिमा सायदै होलान `, अर्कोले भन्यो ´हो, तर उस्ले फट्याइँ जान्दैन त्यसैले अब उस्को राजनिती सकियो`। अर्कोले थप्यो ´राजनितिमा अलिअलि फट्याइँ नजान्ने नेताको के काम? ` मानौँ, फट्याइँ बिनाको राजनिती राजनिती नै होइन। अफिसको दिनभरको बोझले म थकित थिएँ तर मलाइ त्यो थकाइले खासै गालेन जति आजका हामी युवाहरुमा रहेको मानसिकताले गाल्यो। म पनि त त्यही युवाहरुको हिस्स हु। म कोठामा आएर सोंच्न थालें´के राजनिती फट्याइँ नगरी सम्भब छैन त?` म यसको उत्तर खोज्ने क्रममा म यो लेख लेख्दै छु। मैले नबुझेका कुराहरु पाठकहरुले बुझाइदिनु हुन्छ भन्ने बिस्वासका साथ।

म बिद्वान पनि होइन, म कुनै बिषयको ठूलो जानकार पनि होइन, म समान्य सि.ए. अध्यनरत भर्खर २० लागेको सिकारु युवा हुं। अलिकती नेपाली राजनिती, हाम्रो अर्थ व्यबस्था र हाम्रो समग्र प्रणाली सुधार्नु पर्छ भन्ने चेत भएको युवा अवस्य हुं।मैले माथिको मेरो जिज्ञासा मेटाउन विश्व राजनितिको एउटा सानो कडि बुज्ने प्रयास गरें। के सांच्चै राजनिती फोहोरी खेल नै हो त? वा हामिले यसलाइ फोहोर बनायौं। इमान्दार हरु के राजनितिमा असफल मात्र हुन्छन त? त्यसो हो भने लु क्वान यु जसले सिङ्गापुरलाइ तेस्रो विश्वबाट पहिलो विश्वमा ल्याइपुर्याए, अब्राहम लिङ्कन, नेलसन मन्डेला, महात्मा गान्धी, कार्ल मार्क्स लगायत युग पुरुषहरु जसले विश्वलाई नयाँ आयाम दिए। के यी सबै फट्याइँ गरेर सफल भएका हुन? त्यसो गरेका होइनन भने के यी सबै असफल हुन त? मलाइ लाग्छ उनिहरु इमान्दर थिए र त विश्वलाई नयाँ उचाइ दिए। सबैका आ-आफ्नै कमजोरी अवस्य थिए होलान तर उनिहरु इमान्दार नभएको भए आज विश्व यो रफ्तारमा हुदैनथ्यो, फरक यत्ती न हो कोहि आफ्नो जिवनकालमा सफल भए होलान त कोहि मरणोपरान्त। कसैको सफलता र असफलता उस्ले प्राप्ता गर्ने पद र प्रतिस्ठामा मात्र सिमित होला र? अवस्य हुदैन।

नेपालको परिबेशमा १०४ बर्षे राणा शाषनले देशलाइ थिलो-थिलो पर्ने गरेर गिजोल्यो। फेरि राजाको पन्चायत हुँदै समय-समयका उनका हर्कतले देश अन्धकारमय भुमरिमा फसेकै हो। पछि जनताको उत्थानका निम्ति भनिएपनी माओबादी जनयुद्दले पनि देशको आर्थिक पाटो तहस-नहस पारेकै हो। अहिले सबै आन्दोलानका उपलब्धि स्वरुप हामी संघीय गणतन्त्रात्मक देशमा प्रवेश गर्यौं।यो सच्चै ऐतिहासिक सफलता हो। हाम्रा शान्ती बार्ता अनेक जनआन्दोलनहरु सच्चै विश्वलाई चकित पार्ने खालका छन। यसमा योगदान पुर्याउनुहुने सम्पुर्ण नेताहरुलाइ म सलाम गर्न चहान्छु। तर के यति नै हाम्रो सफलता हो त? होइन भने हामी कहाँ चुक्यौं? यो प्रश्न नै आजका दिनमा हाम्रो निम्ति सबै भन्दा महत्त्वपूर्ण प्रश्न हो। हाम्रो गौरवपुर्ण राजनितिक ईतिहास भएपनी आर्थिक रुपमा झन-झन कमजोर हुँदै गयौं। हामी एसियाका सबै भन्दा गरिब जनताहरु हौँ। यस्तो किन भयो?

आज भन्दा अलि पछि फर्केर यसको समिक्षा गरौँ:- २०४६/४७ को जनआन्दोलन भाग १को सफलता पछि नेपालमा बहुदल आयो। त्यति बेला सम्म त सत्ता राणा र राजाको हातमा थियो उनिहरु जनता प्रती उत्तरदायी थिएनन्। बहुदल आएपछी जनताको मुहारमा एउटा आशाको ज्योती फैलिएको थियो।तर दुर्भाग्य हाम्रो समस्याको मुल जरो यहीँ बाट सुरु हुन्छ, जुन आज सम्म पनि कायम छ। पन्चायत बिरुद्द लडेका हाम्रा गौरव गर्न लाएक राजनितिक दल र तिनका नेताहरु बहुदल पछि आ-आफ्नो भान्सा स्याहर्न ब्यस्त रहे जस्ले गर्दा पार्टी पहिलो र देश दोस्रो प्राथमिकतामा पर्यो। आफै भित्र पनि चुलो कस्ले चलाउने भन्ने बिसयमा मतहरु बाझिन पुग्यो फलस्वोरुप राम्रा भन्दा पनि हाम्राहरु मुख्य प्राथमिकतामा परे। त्यहाँ भित्र जननेता मदन भन्डारी, मनमोहम अधिकारी जस्ता होनहार कम्युनिस्ट नेता पनि थिए। गणेशमान, किशुन जि जस्ता त्यागी र सन्त नेता पनि थिए तर ती मध्य कतिलाइ परमधाम पठाइयो त कतिलाइ राजनिती बाटै बिमुख। नेपालको राजनितिमा ´Right Man Right Place` भन्दा पनि परिवारबाद नाताबाद हाबी हुन थाल्यो, जसको गतोलो उदाहरण गिरिजाकी छोरिको उपप्रम. पदलाइ लिन सकिन्छ। यसरी बिस्तारै राजनितिले बाटो बिराउदै गयो। बिचमा माओबादी जनयुद्ध भयो र पछि शान्ती सम्झौता पछि फेरि आन्दोलनकारी शक्तिहरु पनि त्यही गोलच्क्करमा फस्दै गए। युवाहरुका आंखामा आशा भन्दा पनि निराशाका बादलहरु मडारिन थाले।

अहिले देशमा बलियो दुई तिहाइको सरकार छ। यात्रा समाजबाद उन्मुख भनिए पनि शिक्षा, स्वास्थ्य जस्ता जटिल बिसयमा तिब्र व्यापारिकरण बढ्दो छ। गोभिन्द के.सि.स्वास्थ्यमा व्यापारिकण्को बिरुद्दमा अनसन बस्छन अनि कम्युनिस्ट सरकार उनलाइ अरुबाट परिचालितको बिल्ला भिराइरहेछ। वाइड्बडी, निर्मला जस्ता काण्डहरुले थप अन्योलको स्थिती सृजना गरेको छ। हामिलाइ राजनितिक रुपमा यति बलियो बनाउने नेताहरु नै आर्थिक रुपमा हामिलाइ दरिद्र बनाउदै छ्न। उनिहरु अवसरबादी हुन? होइनन, राजाको त्यत्रो कडा शासन बिरुद्द लडेका उनिहरु कसरो अवसरबादी हुन ? होइनन, राजाको त्यत्रो कडा शासन बिरुद्द लडेका उनिहरु कसरो अवसरबादी हुन सक्छन?

आजको प्रश्न को नेता सहि वा गलत भन्दा पनि, यो समयमा कुन र कसको एजेन्डा महत्वपुर्ण हो भन्ने हो। हिजो राजनितिक अवस्था फेरेका हाम्रा नेताहरुको सम्मानमा ठेस पुर्याउनु पर्छ भन्ने होइन तर त्यो सम्मानको अर्थ आज पनि वहाँहरुलाइ सत्ता सुम्पनु पर्छ भन्ने होइन। आजको अवस्था अर्कै छ। आजको आवस्यकता पुर्ती गर्न आजकै बिचार सुहाउदो दर्शन, राजनिती चिन्तन शैली अनि त्यसलाइ प्रतिनिधित्वो गर्ने नयाँ सङ्गठन आवस्यक हुन्छ। यसको मतलब वहाँहरु बाट केही सम्भब छैन भन्ने होइन तर त्यस्का निम्ति आजका युवाको आवज सहितको प्रतिनिधित्व सुनिस्चित हुन जरुरी छ जुन ऐले वहाँहरुले देखाइरहेको कार्यशैले पुष्टि गर्दैन।तर हिजो त्यति ठूलो योगदान गर्नु भएका नेताहरुमा उही पुराना राजा महाराजाहरुको बिम्ब प्रतिबिम्बित हुँदै गैरहेको छ, यो देश र वहाँहरुकै योगदान माथिको कुठाराघात हो।इतिहासमा एक महान पुरुषले भनेका थिए´क्रान्तिकारिहरु कालान्तरमा प्रतिक्रान्तिकारी शक्तिमा परिण्त हुन्छन।` साच्चै त्यस्तै हो त? त्यस्तो नहोस।

आजको आवस्यक्ता सुशासन र पार्दर्शिता सहितको आर्थिक रुपान्तरण नै हो।यसको नेतृत्व जसले गर्दा पनि हुन्छ तर एजेन्डा, बिचार र कार्यशैलिमा स्पष्टता देखिनु अपरिहार्य छ। आजका युवाहरु दलहरुको गलत हर्कतको सिकार भैरहेका छन र यदा-कदा उनिहरु राजतन्त्र ठिक को बेठिक भन्ने बिमर्शमा पनि जुटिरहेका छन। आजको पुस्तालाइ पछि फर्कने अवसर पक्कै छैन र राजनितिबाट बिमुख हुने भन्दा पनि यसमा सकृय सहभागिता मार्फत सङ्घिय गणतन्त्रको रक्षा गर्दै आर्थिक कायापलट गर्नुको बिकल्प छैन। हो म पनि आज सम्मको इतिहासलाइ गौरव गर्दै देशको आर्थिक रुपान्तरणको सम्बाहक बन्न बैकल्पिक राजनितिमा लागेको हुं। र अन्त्यमा बिग्रे मै बिग्रन्छु सप्रे सारा देश सपार्छु भन्ने आत्म बिस्वासका साथ बैकल्पिक राजनितिको पालन्पोषण गर्दै देशलाइ पहिलो विश्वमा पुर्याउने अभिस्ट लिएर अगाडि बढ्ने बाटाहरु पहिल्याउदै छु।

फेसबुकबाट तपाईको प्रतिक्रिया