जनपक्षीय पत्रकारिता समन्धी ५ दिने तालिम कालिकोटमा रास्कोटमा सम्पन्न,संगठनका पदाधिकारीलाई अभिनन्दन

प्रकाशित मिति:

कालिकोट \ क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले कर्णालीका जनताका पक्षमा कलम चलाउने पत्रकार बन्न प्रशिक्षार्थी लाई अनुरोध गरेका छन । क्रान्तिकारी पत्रकार सँगठन नेपाल भेरी कर्णाली क्षेत्रीय समन्वय समितिले कालिकोटको रास्कोटमा अायोजना गरेको ५ दिने जनपक्षीय पत्रकारिता तालिमको समापन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष डुम्रेले कतिपय मिडियाकर्मि र मिडियाले राज्य र ठुलाबडाको मात्रै गुणगान गाएर श्रमजीवी जनताका पक्षमा कलम चलाउन छाडेको बताउदै जनपक्षीय पत्रकारले अाम शोषित पिडित जनताको पक्षमा कलम चलाउन अग्रह गरेका छन ।

तालिम समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डुम्रेले मिडियाले राष्ट्रियता,जनताको जनजिविका बारेमा समेत शशक्त अावाज उठाउनु पर्ने कुरामा जोड दिएका थिए । समापन कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज समरले कर्णालीको कालिकोट जिल्लाको त्यो पनि दुर्गम गाउँमा महत्त्वपूर्ण तालिम अयोजना गरेकोमा अयोजकलाई धन्यवाद दिदै जनपक्षीय पत्रकारितामा कृष्णसेन ईच्छुकको भुमिका पुरा गर्न पत्रकारहरुलाई अग्रह गरेका थिए । कार्यक्रममा सँगठनका महासचिव हिम बिष्टले कर्णालीका समस्या बारे मिडिया मार्फत उठान गर्नुपर्ने काम अब पत्रकारहरु पुरा गर्ने अाफु विश्वस्त भएको बताए । ३ महिने जनसञ्चार अभियान उदघाटनको क्रममा कालिकोटको रास्कोट पुगेका सँगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,महासचिव हिम बिष्ट,कोषाध्यक्ष जानकि चौधरी,भेरी कर्णाली क्षेत्रीय समन्वय समिति सँयोजक टिका केसि,गण्डकी धौलागिरी क्षेत्रिय समन्वय समिति सँयोजक अोम हमाल,केन्द्रीय राजकुमार योगी लगाएतको टोली कालिकोटको रास्कोटमा जनपक्षीय पत्रकारिता तालिम दिन पुगेको थियो । तालिम समापन कार्यक्रमको अध्यक्षता क्षेत्रीय समन्वय समिति सयोजक टिका केसि,सञ्चालन केन्द्रीय सदस्य राजकुमार योगिले गर्नुभएको थियोे भने स्वागत सँगठनका सदस्य कर्ण कार्कीले गर्नुभएको थियो । आस्था, बिचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता श्रमजीवीको हक, हित र जनपक्षीय पत्रकारिताको बिकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा लिएर दुर्गम क्षेत्र पुगेको सँगठनले रास्कोटमा ५ दिने तालिममा ३५ जनाको सहभागीता रहेको थियोे । स्थानीयले पहिलो पटक रास्कोटमा तालिम सञ्चालन गरी महत्त्वपूर्ण कार्य गरेको भन्दै सँगठनका पदाधिकारीलाई रास्कोटबासिले अभिनन्दन समेत गरेका छन