संघर्षबाट प्राप्त उपलव्धीहरुको रक्षा गर्ने गरी राष्ट्रिय जनमोर्चा को भनाई

प्रकाशित मिति:

बुटवल । राजनीतिक आन्दोलन र संघर्षबाट प्राप्त उपलव्धीहरुको रक्षा गर्ने गरी राष्ट्रिय जनमोर्चाले संघार्ष गर्ने भएको छ । संविधान र गणतन्त्रमाथी प्रतिगमनको खतरा रहेको भन्दै मोर्चाले संर्घष र जनअभियानका कार्यक्रम गर्न लागेको हो ।राष्ट्रिय जनमोर्चाको प्रथम परिषदको बैठकको निर्णय सार्वजनिक गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जनताको बलिदानीबाट प्राप्त उपलव्धीलाई देशी तथा विदेशी हत्ताउन प्रयास गरिरहेकोले प्रतिगमनका विरुद्ध संघर्ष आवस्यक रहेको बताए । उनले ताराईका अतिक्षेत्रीयतावादी दल र संविधानलाई बहिस्कार गर्ने दलहरुका कारण प्रतिगमनको खतरा कायमै रहेको बताए ।

राष्ट्रिय जनमोर्चाले आगामी माग १९ गते जिल्ला स्तरमा देशव्यपी विरोध सभाहरु गर्ने निर्णय गरेको छ । राजमोले ‘संघीयता, राष्ट्रिय विखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौँ, महंगी, भ्रष्टाचार, हत्या, हिंसा र वलात्कारको अन्त्य गरौँ’ भन्ने नारा समेत तय गरको छ । जिल्लामा हुने सभालाई सम्वोधनका लागि केन्द्रिय अध्यक्ष चित्रवहादुर केसी सहित विभिन्न नेताहरुलाई जिम्मेवारी समेत तोकेको छ । जिम्मेवारी अनुसार नेता केसीले काडमान्डौमा सम्वोधन गर्नेछन् भने रुपन्देहीमा भैरव रेग्मीले सम्वोधन गर्ने तय भएको छ । त्यस्तै रश्मीराज नेपालीले प्यूठान, झविलाल थापाले कपिलवस्तु, मीना पुनले अर्घाखाँची, हिमलाल पुरीले बाँके लगाएत अन्य जिल्लामा तोकिएका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।

जनमोर्चाले संगठन विस्तारलाई समेत विषेश अभियानका साथ अघि बढाउने निर्णय गरेको छ । अभियान अन्तरगत सदस्यता वितरण, समितिहरुको गठन तथा पुर्नगठन, भेला, सम्मेलन, प्रशिक्षण, कार्यकर्ताको संरक्षण, संगठनको अनुगमन लगाएतका कार्यक्रम गर्ने निर्णय भएको नेपालीले जनाकारी दिए ।बैठकले युनिर्भसल पिस फेडेरेशनको एसिय प्यासिफिक समिटमा प्रधानमन्त्रीको सहभागिता तथा सरकार सहभागि भएकोमा विरोध समेत गरेको छ । त्यस्तै बैठकले नयाँ सरकार बनेपछि देशमा भएको भ्रष्टाचार, कमिशनतन्त्र, घुसखोरी जस्ता अपराध र विकृतिहरुको समते विरोध जनाएको उनले बताए । बैठकले प्रदेश नम्वर दुइलाई उत्तर दक्षिण हुने गरी पहाडी जिल्लाहरु समेटी पुन गठन गर्न माग गरेको छ ।