हज कमिटीको अध्यक्षमा मिंया

प्रकाशित मिति:

बुटवल, २९ पुस । हज कमिटीको अध्यक्षमा बुटवलका शमशेर मियाँ नियुक्त भएका छ । गृहमन्त्री स्तरीय निर्णयबाट आइतबार उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । बलकोट अर्घाखाँचीका मिया हाल बुटवल ५ का स्थायी बासिन्दा हुन् । मिया यसअघि राष्ट्रिय मुस्लिम आयोगको सदस्य सचिव र हज कमिटीको सदस्य भएर काम गरिसकेका छन् । उनी स्थानीय चुनावमा बुटवल ५ को वडा अध्यक्ष पदमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार थिए । उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।