समयमै पार्टीको महाधिवेशन गरेर नयाँ संरचनामा जान ढिला गर्न हुदैन : जोशी

१ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
27 Shares


विराटनगर \ पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्ने बताएका छन् । नविनतम सोचका साथ काँग्रेस जनतामाझ आउने पनि उनले बताए । नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता जोशीले भने इतिहास बोकेकै पार्टीले सुनिश्चित भविष्य निर्माण गर्ने हो । अब नयाँ संघीय संरचनामा काँग्रेसले आफूभित्रका कमजोरीलाई सच्याएर नविनत ढंगले अघि बढ्नु पर्छ । उनले समयमै पार्टीको महाधिवेशन गरेर नयाँ संरचनामा जान ढिला गर्न नहुने बताए ।

महासमिति बैठकबाट पारित भएका र विधानले तय गरेको बाटोलाई अक्षरस पालना गर्दै काँग्रेसले अबको यात्रामा अघि बढ्नु पर्ने जोशीको जोड थियो । अहिले दुई तिहाईको सरकार भएपनि जनताले भने महशुस गर्न नपाएको जोशीको टिप्पणी थियो । भने भ्रष्टचार नभएको क्षेत्र छैन् । जताजतै विकृति छ । उनले काँग्रेस आफूँ लोकतान्त्रिक भएकै कारण अरु पार्टीहरुले पनि लोकतान्त्रिक हुने अवसर प्राप्त गरेको चर्चा गरे । निर्मला पन्त बलात्कार र हत्या घटनाबारे सरकारले कुनै पनि तथ्य बाहिर ल्याउन नसक्नु लाजमर्दो भएको टिप्पणी गर्दै जोशीले सरकारका गतिविधि जनताको हित विपरीत देखिएको आरोप लगाए । भने प्रधानमन्त्री नै आर्थिक सूचकका गलत तथ्यांक सम्प्रेषण गर्नमा व्यस्त हुनुहुन्छ । यो संस्थागत रुपमा आफू ठिक छु भनेर भ्रम छर्नका लागि मात्रै हो । वाइडबडीमा आफ्नो पार्टीका जोकोही परेपनि कार्वाही हुनुपर्ने तर पूर्वाग्रही ढंगले आए आफूहरुलाई त्यो मान्य नहुने जोशीको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या