गिरीजा प्र कोईराला र सुशील कोईरालाको नाममा रहेको अस्पताल खारेज गर्ने सरकारको तयारीको विरोध

प्रकाशित मिति:

अमेरीका \ जिपी कोईराला फाउन्डेसन नर्थ र साउथ अमेरीकाका अध्यक्ष सोमनाथ घीमीरेले तनहुँको बेलौरी चौतारीमा रहेको गिरिजाप्रसाद कोइराला श्वाँसप्रश्वास अस्पताल र बाँकेमा रहेको सुशील कोइराला क्यान्सर अस्पताल खारेज गर्न सरकारले तयारी गरेको कडा आपत्ति जनाउनु भएको छ । स्वास्थ्य मन्त्रालयले दुवै अस्पताल खारेज गर्ने अन्तिम तयारी गरेको हुनाले यो निर्णयलाई प्रधानमन्त्री ओलीले तत्काल सच्याउनुपर्छ । निर्णयमा पुनविचार गरोस् । यो नेपाली काँग्रेसको अस्तित्वमाथिको प्रहार र लोकतन्त्र लाई धरासाहि बनाउने खेल भएको भन्दै यस्ता कार्य तत्काल वन्द गर्न संस्थाले चेतावनी दिएको छ