रुपन्देहिमा माघिको रौनकता देखियो

प्रकाशित मिति:

बुटवल । रुपन्देहीका थारु समुदायले धुमधामका साथ माघी पर्व मनाइरहेका छन् ।रुपन्देहीको शुद्धोधन गाउँपालिकामा माघी मनाउन महोत्सव नै आयोजना गरिएको छ । थारु कल्याणकारी सभा शुद्धोधन गाउँपालिकाले महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा विभिन्न थारु समुदायका परिकारहरु, घोगी, खिचरी, चिचरलगायतका थारु परिकार राखिएको छ ।आयोजक संस्थाका अध्यक्ष पल्टन थारुका अनुसार रुपन्देहीका १६ वटा स्थानीय तहहरुमध्ये थारु समुदायको बाहुल्यता भएको स्थानहरुबाट सहभागीहरु आइरहेका छन् ।