कपिलवस्तुमा संघिय समाजवादी महिला फोरम नेपालको भेला सम्पन्न ।

१ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
32 Shares


कपिलवस्तु  “महिला बिरुद्ध लैगिंक असमानता शोषण, बिभेदको अन्त्य गरौं, महिला अधिकारको लागी संघर्ष गरौं” भन्ने नाराका साथ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा संघिय समाजवादी फोरम नेपाल पार्टिको भातृ संगठन संघिय समाजवादी महिला फोरम नेपाल भेला सम्पन्न भएको छ । संघिय समाजवादी महिला फोरम नेपाल भेलाबाट रोजना निशा मियां को अध्यक्षतामा तथा उपाध्याक्ष सत्यवाती हरिजन, सचिव सुमन्ता यादव, सह–सचिव रिंका ठाकुर तथा कोषाध्याक्ष गुलाब गडारिया लगायात ४१ सदस्यीय समिति पुर्नगठन गठन भएको छ ।

कार्यक्रमको अध्यक्षता पार्टि फोरम नेपालका कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव कार्यक्रमका प्रमुख अतिथि संघिय समाजवादी फोरम केन्द्रिय राजनितीक समिति सदस्य, पार्टि संसदीय दलका नेता एवम प्रदेश नं ५ प्रदेश संसद सहसराम यादव , बिशिष्ठ अतिथिमा पार्टि केन्द्रिय सदस्य एवम राजनितिक समिति सदस्य मंगल प्रसाद गुप्ता, केन्द्रिय सदस्य राम बरण यादव, अतिथिहरुमा प्रार्टि प्रदेश नं। ५ का सचिव सन्दीप पाण्डेय, महिला फोरम प्रदेश नं। ५ प्रदेश अध्यक्ष निलम यादव, महिला फोरम प्रदेश सह–सचिव किरन गुप्ता , महिला फोरम केन्द्रिय सदस्य गीता श्रीवास्तव, मयादेबी गाँउपालिका अध्यक्ष एवम पार्टि सचिव बंजरगी चौधरी , प्रदेश नं ५ का मुख्य सचिव डा। अब्दुल रसिद खाँ तथा जिल्ला युवा नेता इरफान रजाको उपस्तिथि रहेको थियो । कार्यक्रमका सञ्चालक बिशराम यादवले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा