सिद्धबाबा नजिकै मोटरसाईकल बाटोबाट खोलामा खस्यो,, मोटरसाईकल मा सवार २ जना मध्ये एकजना बेपत्ता

प्रकाशित मिति:

सन्जु पौडेल । साउन ६ बुटवल ।बुटवल पाल्पा सडकखण्डको सिद्दबाबामा मोटरसाईकल बाटोबाट खोलामा खस्दा मोटरसाईकलमा सवार २ जना मध्ये एकजना खोलाको किनारमा अचेत अवस्थामा फेला परेका छन् भने अर्का एकजना भेटिएका छैनन् । लु २१ प ९६८० न को मोटरसाईकल खोलामा खसेको प्रहरीले जानकारी दिएको छ । स्थानियले प्रहरीलाई दिएको जानकारी अनुसार मोटरसाईकल आफै खसेको नभई ट्रकले ठक्कर दिएर खसेको भनेपछि शंकास्पद ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । खोलामा अचेत अवस्थामा देखिएका एकजनाको उद्धारका लागि उद्धार सामाग्री सहित प्रहरी त्यस स्थान तर्फ जांदैछ ।