सुन प्रतितोला ६१ हजार रुपैयाँ पुग्यो

प्रकाशित मिति:

काठमाडौं \ सुन प्रतितोला ६१ हजार रुपैयाँ पुग्यो अमेरिकी अर्थतन्त्रमा गिरावट आउनु र डलर समेत केही कमजोर भएका कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले जानकारी दिनुभयो । माघ १, २०७५ सुनको भाउ बढेर ६ वर्षयताकै उच्च भएको छ । हिजोको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेर सुन आज ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी अर्थतन्त्रमा गिरावट आउनु र डलर समेत केही कमजोर भएका कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले जानकारी दिनुभयो । अमेरिका र चीनबीचको व्यापार युद्ध जारी रहेकाले पनि सुनको मूल्य अझै बढ्न सक्ने उहाँको भनाई थियो । सुनको आजको मूल्य ६ वर्षयताकै उच्च हो । यसअघि २०६९ भदौमा सुनको मूल्य ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपछि मूल्य क्रमशस् घटेर ४७ हजार ७ सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदी हिजोको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको छ । सोमबार चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।