चार दिने राष्ट्रिय गणित सम्मेलन सकियो

प्रकाशित मिति:

डी. आर. बन्जाडे/बुटवल ।
नेपाल गणित समाजको आयोजनामा बुटवलमा चार दिन सम्म संचालन भएको सातौँ राष्ट्रिय गणित सम्मेलन सकिएको छ । सम्मेलनले शिक्षा ऐन संसोधनका लागि दवाव दिने निष्कर्ष समेत निकालेको छ ।समापन समारोहमा बोल्दै प्रदेश नम्वर पाँचका सामाजिक विकास मन्त्री सुर्दशन बरालले गणितिज्ञहरुको सम्मेलनले निकालेको निष्कर्षलाई व्यवहारमा कार्यन्वय गर्न आग्रह गरे । उनले गणितमा कमजोर नगारिक भएको देशमा विकासमा पनि कमजोर हुने भन्दै त्यस तर्फ सचेत रहन अध्यापकहरुलाई अनुरोध गरे ।त्यस्तै कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताव खाँडले गणितलाई रसविहिन विषयका रुपमा व्यख्या गरिएकोले गणित अध्ययन गर्ने विद्यार्थीको रुची कम हुँदै गएको बताए । उनले अव गणितलाई रुचिकर विषयका रुपमा विकास गर्न सम्मेलनमा प्रस्तुत भएका अनुसन्धानात्मक कार्यपत्रहरुलाई व्यवहारमा उर्तान आग्रह गरे ।कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका उपनिर्देशक सुभाष पन्थले विषयलाई सरलीकृत गर्न सम्मेलन फलदायी भएको बताए । उनले पाठ्यक्रम र पाठ्पुस्तकहरुमा सहजीकरणका लागि सम्मेलनको निष्कर्ष महत्वपूर्ण हुने धारण राखे ।

नेपाल गणित समाज केन्द्रिय सभापति प्रा.डा. चेतराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा अमित पौड्याल, प्रचार प्रसार संयोजक तुल्सी प्रसाद सापकोटा, गोपाल आचार्यलगाएतले बोल्दै गणित विषयलाई रुचीकर बनाउन सम्मेलनले निकालेका निष्कर्षहरुलाई व्यहारमा उर्तानु पर्नेमा जोड दिए ।शनिवार त्रिभुवन विश्वविद्यालयका गणित विषयका प्राध्यापकहरुको सहभागितामा बुटवल बहुमुखी क्याम्पसमा कार्यशाला गोष्ठीबाट सुरु सम्मेलनको दोस्रो दिन बुटवलको एक होटलमा उद्घाटनसत्र तथा अन्य सत्रहरु गरिएको थियो ।देशभरका ंदश जोड दुइ तथा क्याम्पसहरुबाट करिब २५० गणितिज्ञहरुको सहभागिता थियो ।

सम्मेलनमा १ सय ७ ओटा पेपर तथा पोष्टर प्रीजेन्टेसनका रुपमा ३ वटा समानान्तर कार्यक्रमहरुमा प्रस्तुत भएका छन् ।कार्यक्रममा विभिन्न सेक्सनहरुमा दिल्ली तथा मेरठ विश्वविद्यालयबाट आएका गणित विषयका प्राध्यापकहरुले समेत आफ्ना प्रस्तुतीहरु राखेका थिए ।राष्ट्रिय सम्मेलनको सहआयोजकको रुपमा त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय तथा नेपाल सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नंं. ५ रहेका थिए