अचम्मको परमपरा, सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

प्रकाशित मिति:

जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ ।मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी क्षेत्रको नलगाड नगरपालिका, बारेकोट गाउँपालिकामा सिस्नु हानाहान गरेर माघे सङ्क्रान्ति मनाउन टाढाटाढाबाट पाहुना पुगिसकेको पञ्च भयार माध्यमिक विद्यालय जिकुवाका शिक्षक वीरबहादुर खत्रीले बताए ।

यो परम्परा कहिलेबाट शुरु भयो भन्ने यकिन नभए पनि केटाकेटीले रमाइलोका लागि खेल्दाखेल्दै परम्पराको रूपमा स्थापित भएको हुनसक्ने नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले बताए । आजको दिन सिस्नु नछुने र नखेल्ने व्यक्ति सुँगुर हुने जनविश्वाससमेत रहेको पाइन्छ । विवाह गर्न मिल्ने नाता पर्नेहरूबीच बढी सिस्नु हानाहान गर्ने चलन स्थापित छ ।सिस्नु खेल्न टाढाटाढाबाट नलगाड नगरपापालिका का १ देखि १० वडामा पुग्ने गर्दछन् ।

सिस्नु खेल्दाखेल्दै विवाहसमेत हुने गरेको छ । गाउँगाउँमा बाक्लो घर भएका ठाउँमा जम्मा भएर सिस्नु खेल्ने काम हुने नगरप्रमुख रावलले बताए । रुकुमको आठविसकोटमा पनि सिस्नु खेल्ने काम हुने गर्दछ ।त्यस्तै तल्लो डोल्पामा बिहानै उठेर ९ढकुल्लो० खानेकुरा गाउँगाउँमा बाँड्नुका साथै ९ठेलोवेजो० अर्थात गाउँभरीका यूवाहरु जम्म भएर बन्दुकबाट तारो हानेर सङ्क्रान्ति बनाउने काम हुने मुट्केचुला गाउँपालिका–९ सर्मीका शिक्षक हस्तबहादुर बुढाले बताए । जसले तारो हानेर जित्छ उसैलाइ केही रकम दिने गरिँदै आएको छ ।