अब मोटरसाइकल र स्कुटरमा भाडा लिएर यात्रु ओसारपसार गर्न नपाइने

प्रकाशित मिति:

काठमाण्डौ – अब मोटरसाइकल र स्कुटरमा भाडा लिएर यात्रु ओसारपसार गर्न नपाइने भएको छ । यात्रुको सुरक्षा र कानुनी रुपमा निजी प्रयोजनका लागि अनुमति लिएर भाडामा चलाउन नपाइने भएकाले दुई पांग्रे गाडीले यात्रु ओसार्न नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले सोमबार मोटरसाइकल र स्कुटरमा यात्रु आसार्नेसित छलफल गरेको हो । छलफलमा यातायात व्यवस्था विभागसँगको समन्वयन गर्न र अर्को निर्णय नहुञ्जेल यात्रु नओसार्न निर्देशन दिइएको महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा अहिले ‘टुटल’ र ‘पठाओ’ नाम केही व्यक्तिको समूहले मोटरसाइकल र स्कुटरमा यात्रु ओसार्ने गरेका छन् । यस्तै ट्राफिक प्रहरीले यात्रुलाई यस्तो सेवा नलिन पनि आग्रह गरेको छ ।

सेवा लिँदा आफू ठगिए वा कुनै समस्यामा परे तुरुन्त ट्राफिक प्रहरी वा प्रहरीमा खबर गर्न पनि यात्रुलाई भनिएको छ । नियमविपरीत मोटरसाइकल र स्कुटरमा यात्रु बोक्नेलाई एक हजार रुपैयाँ जरिवाना तिराइने पनि ट्राफिक प्रहरीले जनाएको छ ।
यसैबीच, मोबाइल एप्लिकेशनमार्फत सम्पर्क गरी यात्रुलाई गन्तव्यमा पुर्याउँदै आएका यस्ता सेवा दर्ता नहुँदा कानूनी जटिलता देखिएको भन्दै ट्राफिक प्रहरीले पाँच जनालाई कारबाही गरेको छ ।