कांग्रेसले माघ ३ गते बुटवलमा वृहत खवरदारी सभा गर्ने

प्रकाशित मिति:

रुपन्देही/ नेपाली कांग्रेस रुपन्देहीले माघ ३ गते बुटवलमा गर्ने वृहत जनप्रर्दशन तथा खवरदारी सभाको तयारी पुरा भएको जनाएको छ। पूर्बबर्ती शेरवहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी घोषणा गरेको एक वर्ष पुगेको अवसरमा उत्सव सहितको खवरदारी सभा आयोजना गरिने कांग्रेस रुपन्देहीले जनाएको छ।बुटवलमा पार्टिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला सभापति अब्दुल रज्जाकले एक लाख सर्बसाधारणको उपस्थितिमा खवरदारी सभा गरिने जानकारी दिए। उनले दुई तिहाई वहुमतको सरकार भएर पनि एक वर्षसम्म राजधानी तोक्ने र नामाकरण गर्ने काम नभएको भन्दै जनस्तरबाट दवाव सिर्जना गर्न लागिएको बताए।

सभापति रज्जाकका अनुसार खबरदारी सभामा वालकृष्ण्ण खाँण, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कंडेल लगायतका नेताले सम्बोधन गर्नेछन्। खवरदारी सभामा सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्ने र प्रदेश सरकारले गाडी खरिद लगायतका विषयमा गरेको अनियमितताको विषय जनतामाझ राख्ने पनि जनाइएको छ।सो अवसरमा बोल्दै नेपाली कांग्रेसका नेता रामचन्द्र ढकालले जनताको चाहना र भावना विपरित सरकार अघि बढ्न खोजे कांग्रेसले सदन र सडकबाट खवरदारी गर्ने बताए।