लोकप्रिय गायीका शान्तिश्री परियार दुर्घटनामा परि घाइते

प्रकाशित मिति:

काठमाडौँ / लोकप्रिय गायीका शान्तिश्री परियार दुर्घटनामा परेकी छन । सोमबार नेपालगन्जको महोत्सव कार्यक्रम सकेर लम्जुङ्गको कार्यक्रमको लागि फर्कदै गर्दा उनको दुर्घटना भएको हो । सोमबार राती करिब १.३० बजे कार अनियन्त्रितभइ कपिलवस्तुको गोरुसिङ्गेमा दुर्घटनामा परेकि थिइन ।दुर्घटना पछि परियारलाई ग्रान्डी हस्पिटलमा उपचारका लागि लगिएको थियो । उपचारपछि अहिले उनको अवस्था खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।

गायिका शान्तिश्री परियारलाई हस्पिटलबाट डिस्चार्ज गरि घर लगिएको छ, भने उनको हात र ढाडमा चोट लागेको छ ।पौष २६ गते देखि चलेको ‘नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक कार्यक्रम २०७५’ माघ ८ गते सम्म चल्ने छ । महोत्सव नेपालगन्ज स्थित कारकाँदो चोकमा भैरहेको छ ।गायिका शान्ति श्री परियारले उक्त महोत्सवमा  हिजो प्रस्तुति दिएकी थिइन ।