अपडेट: ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल, साउन ६ । पाल्पा बुटवल सडकखण्डको शिद्धबावा नजिकै ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तिनाउ नदीमा खसेका मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ट्रक १००८ ट्रकले सोहि दिशामा गुडिरहेको लु२१प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा तानसेन नगरपालिका, ७ आँपटारीका ४० वर्षीय माधव कुमाल र सोही स्थानका १९ वर्षीय उमेश कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मोटरसाइकलमा सवारी दुबै जनाको शव तिनाउ खोलाको छेउमा रहेको छ।
भिर भएका कारणले गर्दा मृतक हरूको सव निकाल्न समस्या भएको छ । डोरीको सहायताबाट शव निकाल्ने तयारी भइरहेको छ। ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल सडक छेउमा अड्किएको छ।