चलचित्र ‘श्रीदेवी बङ्गला’को टिजर सार्वजनिक, डिसलाइक गर्नेहरु धेरै

प्रकाशित मिति:

बलिउडकी नायिका श्रीदेवीको नाम सापटी लिएर तयार भएको चलचित्र ‘श्रीदेवी बङ्गला’को टिजर सार्वजनिक भएको छ । पहिलो टिजर भनेर सार्वजनिक गरिएको प्रचार सामाग्रीमा एउटी नायिकाको कथा देखाइएको छ । चलचित्रको शिर्ष भूमिकामा कलाकार प्रिया प्रकाशले अभिनय गरेकी थिइन् । आँखा झिम्क्याएर हिट भएकी प्रियालाई चलचित्रका बोल्ड देखाइएको छ ।प्रशान्त माफुलीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई लण्डनमा खिचिएको हो । यो चलचित्रले बलिउडकी स्वर्गिय नायिका श्रीदेवीको जीवनीलाई सापटी लिएको छ । तर, यो चलचित्र श्रीदेवीको बायोपिक भने होइन ।चलचित्रको टिजर सार्वजनिक भएसँगै यसलाई मन नपराउनेको संख्या धेरै छ ।

सार्वजनिक भएको केही समयमा नै यसलाई डिसलाइक गर्नेहरु १२ हजार भन्दा बढी देखिएका छन् । अधिकांशले श्रीदेवीको अपमान भएको भन्दै आलोचना गरेका छन् भने प्रियामाथि पनि दर्शक खनिएका छन् ।