चलचित्र बुलबुल लो ट्रेलर सार्बजनिक (ट्रेलर सहित)

प्रकाशित मिति:

काठमाडौँ — आगामी फागुन ३ गते रिलिज हुने चलचित्र बुलबुलको ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री स्वस्तिमा खड्काको व्यस्तताका कारण नेपाल आउन नसकेपछि औपचारिक कार्यक्रमबिनै युट्युवमार्फत ट्रेलर सार्वजनिक गरेको निर्माता अविरल थापाले बताए ।खड्कालाई ट्याम्पु ड्राईभरको भूमिकामा अभिनय गराएको बुलबुलको ट्रेलरमा नवअभिनेता मुकुन भुसालको पनि भूमिका रहेको छ।खड्का र नवअभिनेता भुसालको जीवन्त अभिनयले चलचित्र रोचक बनेको छ। ट्रेलरमा देखिएकी अर्की नायिका लक्ष्मी बर्देवाको अभिनय पनि स्वाभाविक र चरित्रार्थ देखिन्छ।

चलचित्र निर्देशक विनोद पौडेलले ट्रेलरमार्फत आफूले चलचित्रको बनोट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको बताएका छन्। ुयो चलचित्र जति रमाईलो छ उत्तिकै गम्भीर पनि छुु उनले थपे, ुयसले दर्शकहरुको मन हुँडल्ने र दिमाग रन्थनाउने कुरामा म विश्वस्त छु।ुचलचित्रमा बुद्धि तामाङ, दिपक क्षेत्री, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको पनि अभिनय छ। चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्री, उदगम परियार र मणिकला पौडेलले गरेका छन्। उक्त चलचित्रको कार्यकारी निर्माता रामराजा दाहाल हुन्। छायांकन सुसन प्रजापतिले गरेका छन्। हेरौ चलचित्रको सार्बजनिक भएको ट्रेलर