क्रान्तिकारी पत्रकारको सल्यानमा वृहत् अन्तरक्रिया, अध्यक्ष प्रकाश डुम्रे प्रमुख वक्ता रहने

प्रकाशित मिति:

सल्यान \ क्रान्तिकारी पत्रकार संगठन नेपाल सल्यानले जिल्ला सदरमुकाम खंलङ्गामा वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । माघ ३ गते जिल्ला सदरमुकाम खंलङ्गामा आयोजित जनपक्षीय पत्रकारिता आजको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे मुख्य वक्ता रहने आयोजकले बताएको छ । संगठनको बुटवलमा सम्पन्न दोस्रो बैठकको निर्णय अनुसार देशभर जनसञ्चार अभियान चलाउने र पछिल्लो समय जनपक्षीय पत्रकारिता कमजोर बन्दै गएको भन्दै त्यसको बारेमा आम पत्रकार,बुद्धिजीवी,शिक्षक,राजनीतिकर्मि,उधोगि,कानुन व्यवसायी लगाएत आम पक्षलाई समेटेर बहस चलाउने र कतिपय ठाउँमा जनपक्षीय पत्रकारिता समन्धि तालिम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

संगठनको दाङ हापुरेमा सम्पन्न पहिलो बैठकको निर्णय अनुसार देशका विभिन्न जिल्लाहरुमा मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बहस चलाउने पहिलो चरणको अभियान सकेपछि दोस्रो बैठकको निर्णय कार्यनयनको शिलशिलामा संगठनले देशका विभित्र जिल्लामा कार्यक्रम आयोजना गरेको महासचिव हिम विष्टले बताए ।यस्तै संगठन देशभर संगठन बिस्तार अभियानमा समेत सक्रियता पुर्वक लागेको छ । गत हप्ता उपत्यकाको काठमाडौ,भक्तपुर र ललितपुर जिल्लाका बैठक सम्पन्न भएका छन भने कर्णाली क्षेत्र स्तरको तालिम समेत सम्पन्न भएको छ । संगठन कतिपय जिल्लाको भेला र सम्मेलनको तयारीमा जुटेको छ ।