राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

२ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


घोराही । पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलनरत कर्मचारीहरुले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । कर्मचारी संघर्ष समितिको आहृवानमा कर्मचारीहरुले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै प्रशासनिक कक्षमा बुधबार बिहान साढे सात बजे तालाबन्दी गरेका हुन् ।आज प्रशासनिक काम ठप्प पारेका कर्मचारीहरुले माघ ३ गतेदेखि इमर्जेन्सी, प्रसूतिबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् ।साविकको राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिमा कार्यरत कर्मचारीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्नुपर्ने, करार सेवाका कर्मचारी र चिकित्सकलाई हटाउन नपाइने, साउनदेखि रोकिएको तलब दिनुपर्ने लगायतका आठ बुँदे माग राखेर कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

कर्मचारीले आन्दोलन थालेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तैनाथ प्रहरी । तस्वीरस् टीका बहादुर बस्नेतप्रतिष्ठानले तत्काल म्याद थप गरेर समायोजन गर्नुको साटो साविक अस्पताल विकास समिति र सरकारका करार कर्मचारीलाई निस्कासन गर्न पत्र तयार पारेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले बताए । उनले भने, ‘राप्ती उपक्षेत्रीय अस्पतालको अर्बौंको सम्पत्ती प्रतिष्ठानमा अटाएको अवस्थामा सोही अस्पतालमा वर्षौंदेखि कार्यरत कर्मचारी निकालिनु गलत हो ।’उनले आफूहरुले उठाएका माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया