रेमिटएप मोबाइल वालेट सेवा पाउंदै ग्राहक

प्रकाशित मिति:

माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र एएमभी टेल कम्पनीबीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मातथा टाइम्स रेमीट र एएमभी टेलको तर्फबाट प्रबन्ध निर्देशक अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहक एवंम सर्वसाधारणले रेमिट एप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन्। साथै डोमेस्टिक रेमिटेन्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन्। बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन्। यस रेमिटएप, आईओएस तथा एन्ड्रोएड दुबै ओपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ।