काँग्रेस सभापति र बरिष्ठ नेता स्याङ्जा आउने

२ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
5 Shares


स्याङ्जा/ नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल स्याङ्जा आउने कार्यक्रम तय भएको छ । सभापति देउवा काँग्रेस नेता शिवकुमार अधिकारीको श्रदाञ्जली सभाका लागि र बरिष्ठ नेता कार्यकर्ता भेटघाटका लागि स्याङ्जा आउने तय भएको हो । सभापति देउवा माघ ४ गते जिल्ला स्थित काँग्रेसको पाटी कार्यालयमा आयोजना हुने श्रदाञ्जली सभालाई सम्वोधन गर्ने छन् भने बरिष्ठ नेता पौडेलले माघ ६ गते जिल्लाको वालिङ स्थित सिटीहलमा कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव कुमार रानाले जानकारी दिए । पाटीका सभापति र बरिष्ठ नेता दुई दिनको फरकमा स्याङ्जा आउने कार्यक्रमलाई जिल्लाका कार्यकर्ताले एकताको सनदेशका रुपमा हेरिएको बताईएको छ ।

नेपाली काँग्रेसका नेता तथा प्रजातन्त्रका सेनानी अधिकारीको तिनहप्ता अगाडी निधन भएको थियो । अधिकारीको निधनमा बरिष्ठ नेता लगायत अन्य नेताहरु समवेदना दिन स्याङ्जा आएका थिए भने सभापति देउवा श्रदाञ्जली सभामा आउने भएका हुन् । प्रजातन्त्र प्राप्तीका लागि अधिकारीले देखाएको तपस्या महत्वपूर्ण रुपले हेरिएको छ । तत्कालिन पञ्चायत विरुद्ध लड्न बम समेत बोकेका अधिकारीको निधनले प्रजातन्त्र प्राप्तीका लागि शरिरनै आहुती दिन पछि परेका थिएनन् । विपि कोइराला सगै राजनीति यात्रमा सहभागी भएका अधिकारीको निधनले एक सच्चा अभिभावक गुमाएको काँग्रेस नेता तथा महासमिति सदस्य भोजराज अर्यालले बताए ।

अधिकारीको निधनमा पार्टीको झण्डा ओढाउन समेत परिवार मानेका थिएनन् । राष्ट्र र पार्टीका लागि जिवन नै आहुती दिन तयार रहेका अधिकारीका परिवारले निधनमा पनि झण्डा ओढाउन नदिदा काँग्रेसका कार्यकर्ताहरुले खल्लो महशुष गरेका थिए । यस बारेमा अहिले सम्म पार्टीले आधिकारीक विषय बाहिर ल्याएको छैन । नेपाली काँग्रेसको एतिहासिक महासमिति बैठक पछि कार्यकर्तालाई सम्वोधन गर्न बरिष्ठ नेता पौडेल पहिलो पटक स्याङ्जा आउन लागेका हुन् । पौडेलले संगठन सुदृढिकरण गर्नु पर्ने अभियानका साथ स्याङ्जा आउने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ । माघ ६ गते वालिङमा सम्वोधन पछि बरिष्ठ नेता पौडेल पाल्पा जाने कार्यक्रम रहेको पाटीका सचिव रानाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल