उच्चस्तरीय भेटघाट सहित सम्मेलमा भाग लिन प्रधानमन्त्रि स्वीजरल्याण्ड जांदै

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्याण्ड भ्रमणको क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले माघ ८ देखि ११ गतेसम्म डाभोसमा हुने विश्व आर्थिक सम्मेलनमा भाग लिने छन्। उनले सो क्रममा स्विजरल्याण्डका राष्ट्रपति विल मिउरे, भियतनामका प्रधानमन्त्री विअन स्वान फुक लगायतलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो। सो सम्मेलनमा भाग लिन १९ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली माघ ६ गते स्विजरल्याण्डको डाभोस जाँदैछन्।

ुहामी अन्य नेताहरुसँग पनि भेटवार्ताको समय निर्धारण गर्न खोजिरहेका छौ, परराष्ट्र स्रोतले भन्यो। विश्व आर्थिक सम्मेलनलाई सम्वोधन गर्ने ओली नेपालको पहिलो सरकार प्रमुख हुनेछन्।