रिभर साईडको आयोजनानमा माघी मेला सम्पन्न

प्रकाशित मिति:

रिभर साईड युथ क्लबको आयोजनामा चौथो माघी मेला, खेलकूद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख कासुदेव घिमिरेले स्थानिय स्तरमा रहेका क्लबहरुले गर्ने कार्यहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै नगरको विकासमा ठूलो योगदान पुर्याएकामा खुशि व्यक्त गर्नुभयो । वहांले नगर विकासको अवधारणा पुरा गर्न सबैको सहयोग उत्तीकै जरुरी रहेको वहांको भनाई थियो । कार्यक्रममा क्लबले गरेको खेलकूद तर्फ ब्याडमिन्टन र कुर्सी रेसमा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान समेत गरिएको थियो । साथै कार्यक्रममा ख्याती प्राप्त गायिका शिलु भट्टराई, सलिना नेपाली, गायक वसन्त लम्साल, श्रीधर अधिकारी , हांस्य कलाकारहरु युवराज भण्डारी, राजेन्द्र नेपाली , तेस्रो लिंगी विनीता शाही, अवन्तिका घर्ती, आशिका थापा, ए यस डान्स गु्रप लगायत स्थानिय कलाकारहरुले समेत प्रस्तुती दिएका थिए ।
क्लबका अध्यक्ष नरबहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा ३ का वडा अध्यक्ष शुकदेव न्यौपाने, नगर कार्यपालिका सदस्य संगिता गुरुङ, सुकमाया नेपाली, क्लबका सल्लाहकार खुम बहादुर थापा, अजय राना लगायतको उपस्थिती रहेको थियो ।