बमजनविरुद्ध प्रहरीमा अर्को उजुरी

प्रकाशित मिति:

काठमाडौं /तपश्वीको भेषमा अनुयायीको हत्या र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बमजनविरुद्ध प्रहरीमा पाँचौं जाहेरी पनि परेको छ ।सर्लाहीको बागमती–१२ की २९ वर्षीया रिता बोट ९माझी बेपत्ता भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो । त्यहाँका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले आश्रमबाट बेपत्ता भएको भन्दै आमा सुम्नीले जाहेरी दिएको पुष्टि गरे ।उनका अनुसार ०६६ सालमा गढीमाइ मेलामा गएदेखि बेपत्ता भएको जाहेरीमा उल्लेख छ । ‘त्यसभन्दा अघि बाराको हलखोरियास्थित बमजन आश्रममा उनी बसेकी थिइन्’, परिवारले भनेको छ, ‘बली रोक्छु भनेर फरार भएका वेला रिता बमजनसँगै थिइन् ।’

एसपी पोखरेलले रिताको खोजतलास थालिएको  बताए । उनले भने, ‘हामीले माथिल्लो निकायको समन्वयमा खोजतलास थालिसकेका छौं ।’बमजनको आश्रमबाट वेपत्ता भएको भन्दै यसअघि दुई जना आनी र दुई अनुयायी बाराका सुरेस आलेमगर र मकवानपुरका सञ्चलाल वाइबा वेपत्ता भएको भन्दै उजुरी परेको थियो ।अनुयायी सञ्चलाल बाइबाको हत्या भएको भन्दै प्रहरीले सिन्धुपाल्चोकस्थित बमजन आश्रममा छापा मारेको थियो । त्यहाँ केही शंकास्पद सबुदहरु फेला परेको प्रहरी दाबी छ ।हाल प्रहरीले बमजन रहेको भनिएको सिन्धुलीस्थित आश्रमलाई केन्द्रीत गरेर अनुसन्धान गरिरहेको छ