कांग्रेसको खबरदारी सभाको तयारी पुरा

प्रकाशित मिति:

नेपाली काँग्रेसले प्रदेश पाँचको स्थायी राजधानी रुपन्देही तोक्न माग गर्दै भोली गर्ने बृहत् जनसभाको अन्तिम तयारी पुरा भएको छ । रुपन्देहीमा रहेका १६ वटै स्थानीय तह र वडाबाट प्रचार प्रसार सहित तयारी पुरा गरिएको नेपाली कांग्रेसले जनाएको छ । सभाको लागि मञ्च निर्माण , प्रचार प्रसार पुरा भएको कांग्रेसले बताएको छ । अंघिल्लो वर्षको माघ ३ गते पूर्ववर्ती शेरबहादुर देउवाको सरकारले प्रदेश पाँचको बुटवल सहित सात वटै प्रदेशको राजधानी तोकेको थियो । अस्थायी मुकाम तोकेको एक वर्ष हुँदासम्म पनि प्रदेश सरकारले स्थायी राजधानी तोक्न र प्रदेशको नामाकरण गर्न नसकेको भन्दै नेपाली काँग्रेस रुपन्देहीले माघ ३ गते भोली नै बुटवलमा विशाल आमसभा गर्न लागेको हो । अस्थायी राजधानी तोकेको एक वर्ष हुँदा सम्म पनि स्थायी राजधानी नतोक्नु र नामाकरण नगर्नुले राजधानी अन्यत्रै तोक्न र नामाकरण समेत अरु नै राख्न षड्यन्त्र भएको आभाष भएको नेपाली काँग्रेस रुपन्देहीले जनाएको छ । भोली विहान ११ बजे बुटवलको ट्राफिक चोकमा हुने खवरदारी सभापूर्व बुटवल राजमार्ग चौराहाबाट पञ्चे बाजा सहितको जनप्रर्दशन समेत गरिने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टीका प्रवत्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कंडेल, मानबहादुर विक लगायत शिर्ष नेताहरू आउने कार्यक्रम रहेको सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो । खाँणले प्रदेशको राजधानी रुपन्देहीको बुटवलमा कायम गराउन र लुम्बिनी नामाकरण गराउन तथा सुशासन कायम गराउन सरकारलाई दवाव दिने उद्देश्यले खवरदारी सभा आयोजना गरिएको बताउँदै कार्यक्रममा सहभागि हुनकालागि आम जिल्लाबासीलाई आह्वान गर्नुभयो ।

यस्तै
नेपाली कांग्रेस निकट ई रिक्सा तथा ठेला ब्यवसायी सगको आज बसेको बैठकले ई रिक्सा प्रर्दशन गर्ने संघका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिनु भएको छ ।