रिडीमा माघि मेला शुरु

प्रकाशित मिति:

धार्मिक ऐतिहासिक एवं पर्यटकीय स्थलको रुपमा परिचित गुल्मीको रुरुक्षेत्र अन्र्तगत रिडीमा माघि मेला शुरु भएको छ । मकर संक्रान्तीको अवशर पारेर पाँच दिनसम्म संचालन हुने मेलाको पहिलो दिन काली गण्डकी नदिमा स्नान एवं पुजा गरि धर्मकर्म गर्ने र अन्य चार िदनको अवधिमा मेला अवलोकन र किनमेलका लागि हजारौंको संख्यामा मानिसहरुको जमघट हुने गर्दछ ।गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी क्षेत्रमा रुरु क्षेत्रको दर्शन गर्न साँगितिक प्रस्तुतीहरु हेर्न र मेलामा विभिन्न प्रकारका घरेलु उत्पादनका सामग्रिहरुको किनमेलका लागि मानिसहरुको दिनहुँ घुईचो लाग्ने गर्दछ ।

रुरु क्षेत्रधाम अन्र्तगत रिडीमा आएका मानिसहरु नजिकै वगिरहेको काली गण्डकि नदिमा स्नान गर्ने र त्यसपछि नजिकै रहेको रिषीकेश मन्दिरमा पुगेर पुजा आराधना गर्ने प्रचलने छ । यसरी पुजाआराधाना गर्दा एकातिर मनमा सान्ति मिल्ने र अर्कोतिर आफुहरुले अन्जानमा गरेका सम्पूर्ण कामहरुको दोष काटि मोक्ष प्राप्ती हुने भन्ने मान्यता रहिआएकोे छ । स्थानीय रुरु गाउँपालीकाको आयोजना र रुरु फ्रेण्ड्स युवा क्लवको सहकार्यमा रिडी बगरमा संचालन गरिएको उक्त मेलालाई व्यवस्थीत गर्दै स्थानीय घरेलु उत्पादनका सामग्रिहरु लगायत विभिन्न कृषि उपजका वस्तुहरुको प्रचार प्रसार र प्रर्दशनका लागि गाउँपालीकाकाले निशुल्क रुपमा एक दर्जन भन्दा बढी स्टलहरु उपलव्ध गराएको रुरु गाउँपालीकाका अध्यक्ष निलकण्ठ गौतमले बताउनु भयो ।