भूकम्प दिवसमा सेनाको जनचेतानामुलक कार्यक्रम

प्रकाशित मिति:

झविन्द्र देवकोटा
२१ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसर पारेर बैतडी जिल्लामा अवस्थित शत्रुमर्दन गुल्मले भुकम्प बारे सचेतना कार्यक्रम गरेको छ । गुल्मले बैतडीको दशरथचन्द्र नगरपालिकाका गोठालापानी र गडिमा गरि दुई स्थानमा सचेतनामुलक कार्यक्रम गरेको हो । गुल्मका क्याप्टेन नरेश अर्यालले भुकम्प जानु पहिलेको तयारी, भुकम्प गएको वेलाको सुरक्षारणनीति र भूकम्पबाट जोगिने उपायका बारेमा स्थानीयलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा बैतडी जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे लगायतले भुकम्प आफैले क्षति नगर्ने र मानिसद्वारा बनाइएका संरचना पल्टिएर उनले मानिसलाई क्षति पुर्याउने भएकाले भौतिक संरचना बनाउदा भुकम्प प्रतिरोधी बनाउनु पर्ने बताउनुभयो । झण्डै चार सयको सहभागिता रहेको कार्यक्रममा सेनाहरुले भूकम्पका बेलामा हुने समस्या र जोगिने उपायका बारेमा प्रयोगात्मक विधि गरि सचेत पारेका थिए । सेनाले खोज र उद्धार गर भन्ने कार्यक्रमद्वारा नागरिकलाई भूकम्प बारे सचेत पारेको थियो ।