नवलपरासीका पत्रकार उपेन्द्र कुमार जोशीको त्रिबेणीमा अन्तिम संस्कार

प्रकाशित मिति:

नवलपरासी/ नवलपरासीका अग्रज पत्रकार उपेन्द्र कुमार जोशीको मंगलबार भएको असामयिक निधन पछी हिन्दु परम्परा अनुसार जोशीको शवलाई नवलपरसीको त्रिबेणीघाटमा बुधबार विधिवत अन्तिम संस्कार गरिएको छ । मुटु सम्बन्धी र मधुमेह रोगबाट ग्रसित रहदै आउनभएको जोहीको उपचारको क्रममा निधन भएको थियो । स्वर्गिय जोशीको शवलाई त्रिबेणी थित नारायणी नदीको किनारमा अन्तिम सस्ंकार गरिएको छोरा अचल कुमार जोशीले बताउनुभयो ।

२०५१ साल देखी प्रवाह सप्ताहिक र पाल्ही समेत पत्रिकामा कार्यरत रहदै आउनुभएको जोशी नेपाल प्रेस युनियनको केन्द्रिय पार्सद र नेपाल पत्रकार महांघ नवलपरासीको साधारण सदस्य समेत रहनुभएको थियो । स्वर्गिय जोशीको पार्थिव शरिरमा नेपाल प्रेस युनियनको झण्डा र नेपाली कांग्रेसको झण्डा ओढाई अन्तिम संस्कार गरिएको थियो । सो अवसरमा नेपाली कांग्रेस बर्दघाट सुस्ता पुर्व नवलपरासीका सभापति विष्नु लामिछाने, पुर्व सासंद महेन्द्रध्यव जिसि, देवकरण कलवार, मासमिति सदस्य विष्नु कुमार कार्की, क्षेत्रियसभापति जगत कार्की, महिला नेतृ लक्ष्मी मैनाली, गणेशमान श्रेष्ठ लागएत नेता कार्यकर्ता र स्थानिय जननिर्वाचित जनप्रतिनिधि र ठुलो संख्यामा सर्वसाधराणको उपस्थिती रहेको थियो ।

पुर्वि नवलपरासीको विनयी त्रिबेणी वडा नम्बर ६ स्थायि बसोबास भएका स्वर्गिय जोशीको ३ छोरा, एक छोरी र एक श्रीमति रहनुभएको छ