।बिहेअघि अब आयुष्मानले फिल्म नगर्ने

प्रकाशित मिति:

हिट फिल्म चपली हाइटु को दोस्रो सिरिजबाट नेपाली फिल्ममा उदाएका चकलेटी ब्वाई आयुष्मान देशराज जोशी गएको डेढ वर्षदेखि अभिनेत्रीमा अहिलेकी ुहटकेकु प्रियंका कार्कीसँग डेट गरिरहेका छन् । दुईबीच दुईपटक इन्गेजमेन्ट समेत भइसकेको छ । अब उनीहरु बिहेको तयारीमा छन् । कथा काठमाण्डूु को सेटबाट झाँगिएको माया प्रेमले अहिले उनीहरुको ुप्रोफेसनल लाइफु लाई समेत चम्काएको छ । दुईलाई लिएर फिल्म बनाउन चाहने निर्मातारनिर्देशकहरु बढ्दै गएका छन् । यी दुईले ुकथा काठमाडौुं पछि फिल्म ुचंगा चेटु मा सँगै काम गरेका थिए । पर्दामा पनि यो जोडीलाई दर्शकले निकै रुचाए ।

हालै छायांकन सकिएको योगेश घिमिरे निर्देशित फिल्म प्रेम दिवसु मा पनिआयांकु जोडीलाई प्रेम(प्रेमिकाको रुपमा देख्न पाइनेछ । दुईलाई अचेल म्यूजिक भिडियोमा समेत भ्याइनभ्याइ छ । उनीहरु फागुन अन्तिमबाट भने बिहेको तयारीमा लाग्ने सोचमा छन् । यसका लागि उनीहरुले अब कुनै फिल्म साइन नगर्ने निर्णय लिएका छन् ।
आफ्नो पाइपलाइनमा रहेका फिल्म फागुन वा चैतभित्र सक्ने प्रियंकाको योजना छ । उता आयुष्मान अर्को हप्ताबाट फिल्म ‘सानो मन’ को छायांकनमा व्यस्त हुँदैछन् । यो फिल्मपछि अब बिहेको तयारीमा लाग्ने उनले बताए । फिल्मको घोषणा सभामा उनले भने, ‘योपछि कुनै फिल्म साइन गरेको छैन । अब बिहेको तयारीमा लाग्नुछ ।’

‘सानो मन’ पनि उनले निकै अगाडि साइन गरेको फिल्म हो । ‘यो फिल्म मैले धेरै अगाडि साइन गरेको थिएँ । यसपछि चाहिँ फिल्म छैन र बिहेभन्दा अगाडि सम्भवतः अब कुनै फिल्म गर्दिनँ । यो फिल्मपछि बिहेको तयारीमा लाग्छु’, उनले भने । अर्को वर्षको असारमा प्रियंकासँग उनी लगनगाँठो कस्दैछन्