पूर्व वनमन्त्री बिक्रम पाण्डे ४ कराेड धराैटीमा रिहा

प्रकाशित मिति:

काठमाडाैं – भ्रष्टाचार मुद्दामा पूर्व वनमन्त्री बिक्रम पाण्डे ४ कराेड धराैटीमा रिहा भएका छन्। विशेष अदालत काठमाडाैंले उनलाई बुधबार धराैटीमा रिहा गरेकाे हाे। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएकाे हाे। सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री पाण्डेसहित २१ जना विरुद्ध गत मंसिर २१ गते शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको थियाे। ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले उक्त आयोजना निर्माणका क्रममा भ्रष्टाचार तथा अनियमीतता गरेकाे भन्दै उनी विरूद्द २ अर्ब १३ कराेड ७६ लाख रूपैयाँ  विगाे दाबी गरेकाे थियाे। पाण्डे उक्त कन्स्ट्रक्सनका अध्यक्ष हुन्।