तामसी कस्तालाई भनिन्छ ? हेर्नुहोस् नीति वचन

प्रकाशित मिति:

लोभः स्वप्नोऽधृतिः क्रौर्यं नास्तिक्यं भिन्नवृत्तिता ।  याचिष्णुता प्रमादश्च तामसं गुणलक्षणम् ।। – मनुस्मृति (१२।३३) लोभ, अतिनिद्रा, कमजोरी, क्रूरता, नास्तिकता, भिन्नवृत्ति (आफ्नो र अर्काकोमा फराक राख्ने), याचकी र प्रमाद यी तामस वृत्तिका लक्षण हुन् । तम भनेको अन्धकार हो । तामसी प्रवृत्तिको लक्षण पनि जीवनलाई अन्धकार तर्फ धकेल्नु नै हो । विशेषतः तामसी प्रवृत्ति भएका व्यक्ति लोभी, आलसी, क्रोधी, नास्तिक, आफ्नो र अर्काकोमा भेद देख्ने, मागी हिँड्ने र सदा घमण्ड प्रदर्शन गर्ने हुन्छन् । यस्तो प्रवृत्तिले जीवनमा उन्नति असम्भव हुन्छ । आफ्नो जीवनलाई सुन्दर बनाउन तामसी प्रवृत्ति त्याग्नस पर्छ भन्ने मनुको नीति वचन मननीय छ ।– नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –