अष्ट्रेलिया एसियन कप फुटबलको नकआउट चरणमा प्रवेश

प्रकाशित मिति:

अष्ट्रेलिया \ डिफेण्डिङ च्याम्पियन अष्ट्रेलिया, एसियन कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सुरुवाती खेल गुमाएपनि त्यसपछिका दुबै खेलमा जित हात पार्दै अष्ट्रेलियाले अघिल्लो चरणमा स्थान बनाएको हो । समुह चरणको अन्तिम खेलमा गएराती सिरियामाथि ३–२ को संर्घषपुर्ण जित निकाल्दै अष्ट्रेलियाले प्रि क्वाटरफाइनलमा स्थान बनाएको हो । पहिलो हाफ एक एकको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अष्ट्रेलियाले २ गोल गर्दै संर्घषपुर्ण जित हात पारेको हो ।

५४ औँ मिनेटमा अष्ट्रेलियाले २–१ ले अग्रता बनाएपनि ८० औँ मिनेटमा सिरियाले गोल फर्काएपछि खेल २–२ को अवस्थामा पुगेको थियो । ईन्ज्युरी समयमा अष्ट्रेलियाले गोल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । समुह बी अन्र्तगत कै अर्को खेलमा जोर्डन र प्यालेष्टाईनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै जोर्डन ७ अंकमा समुह विजेता बन्दा ६ अंक सहित अष्ट्रेलिया समुहको उपविजेता बन्यो । एसियन कप फुटबलमा आज चीन र उत्तर कोरिया, किर्गीस्तान र फिलिपिन्स, इरान र इराकतथा भियतनाम र यमन प्रतिस्पर्धा गर्नेछन् ।